शेयरबजारमा चौतर्फी घेराबन्दी भएको भन्दै नवगठित लगानीकर्ता संघले गुहार्यो अर्थ समिति

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 23, 2017 | 09:16:18 AM मा प्रकाशित

laxmi  sunrise bank

भर्खरै मात्र गठन भएको पुंजीबजार लगानीकर्ता संघले पुंजीबजारको बिकास तथा बिस्तार गर्न विभिन्न मागहरु लिएर व्यवस्थापिका संसदको अर्थ समिति पुगेको छ।

पूँजीबजार लगानीकर्ता संघका अध्यक्ष नवराज सुबेदीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थ समितिका सभापति प्रकाश ज्वालालाई १० बुंदे  ज्ञापन पत्र बुझाएको छ। संघले पुंजीबजारमा चौतर्फी घेराबन्दी हुँदा बजार बिस्तारका महत्त्वपूर्ण कामहरु हुन नसकेको जानकारी गराउंदै पूर्ण अँनलाइन, बैंकलाई ब्रोकर लाइसेन्स, सहुलियत ब्रोकर कमिशन लगायतका काम यथाशिघ्र अगाडी बढाउन माग गरेको छ।

नेपालको पुंजीबजारमा सेयर दलालले लिंदै आएको ब्रोकर कमिशन विश्वकै सेयरबजारमा सबै भन्दा महँगो भएको भन्दै संघले ०.६० प्रतिशतसम्मको कमिशन दर(ब्रोकर कमिशन) लाई ०.२५ प्रतिशतमा झार्न समितिसंग माग गरेको छ। साथै संघले पूँजी बजारसँग सम्बन्धित नियमनकारी निकायहरुले बजार सुधार तथा बिस्तारमा ध्यान नदिएको भन्दै उनीहरुलाई समेत सचेत गराईदिन माग गरेको छ ।  

संघले समिति समक्ष राखेका १० बुंदे मागहरुमा पूर्ण अँनलाइन, बैंकलाई ब्रोकर लाइसेन्स, सहुलियत ब्रोकर कमिशन, निक्षेप सदस्यले लिने गरेको शुल्क खारेज, ब्रोकर मार्फत मार्जिन ल्याडिड., डिलरशीपको ब्यवस्था कार्यान्वयन, मार्केट मेकरको ब्यवस्था, गैर आवासीय नेपालीलाई पूँजी बजारमा भित्र्याउन, लगानीकर्ता सचेत सम्बन्धि कार्यक्रम देशब्यापी बनाउन,देशब्यापी पुंजी बजार बिकास र बिस्तार, पुन्जिबजारसंग सम्बन्धित पक्षहरुबीच मासिक अन्तरक्रिया कार्यक्रम लागु गर्ने लगायतका छन।    

अर्थ समितिका सभापति ज्वालाले संघले उठाएका मागहरुमा आफ्नो समर्थन भएको भन्दै त्यसलाई लागु गराउन छिट्टै पहल गर्ने आश्वाशन दिएका छन।  



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved