१ अर्ब २० करोडको 'सिद्धार्थ इक्विटी फण्ड' बिक्री खुला, कति इकाई आबेदन दिने ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 11, 2017 | 09:19:17 AM मा प्रकाशित

laxmi  sunrise bank


सिद्दार्थ बैंकको पूर्ण स्वामित्वमा रहेको सिद्दार्थ क्यापिटलको व्यवस्थापनमा आउन लागेको तेस्रो म्युचुअल फन्ड 'सिद्दार्थ इक्विटी फन्ड' को बिक्रि खुला भएको छ। क्यापिटलले असोज २५ देखि असोज २९ सम्मका लागि १० रुपैयाँ अंकित १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रि खुला गरेको हो। 

कोषको कुल १२ करोड इकाई मध्ये १५ प्रतिशत अर्थात १ करोड ८० लाख इकाई सिद्दार्थ बैंकको लागि छुट्याइएको छ। बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो। 

सिद्दार्थ इक्विटी फन्डमा लगानी गर्न इच्छुक लगानीकर्ताले असोज २५ देखि छिटोमा असोज २९ र ढिलोमा कत्तिक ७ सम्म आबेदन भर्न सक्नेछन। एक जना लगानीकर्ताले न्युनतम १०० इकाई र अधिकतम २४ लाख इकाईका लागि अर्थात एक हजार रुपैयाँदेखि २ करोड ४० लाख रुपैयाँ बराबरको आबेदन दिन सक्नेछन।

इच्छुक लगानीकर्ताले सिद्दार्थ क्यापिटल नक्साल र सिद्दार्थ बैंकका सम्पूर्ण शाखा कार्यालयबाट फारम प्राप्त गरी आबेदन दिन सक्नेछन।  आवेदककर्ताले आस्वा मान्यता प्राप्त बैंक तथा वित्तीय संस्थाका ७७ जिल्लाका शाखा कार्यालयबाट समेत आबेदन दिन सक्नेछन।

सिद्दार्थ इक्विटी फन्ड १० बर्ष बन्दमुखी योजना हो। योजना बिक्री भएपछि नेप्सेमा पनि सुचिकृत हुने भएकोले १० वर्ष अगावै पनि दोस्रो बजारमा  इकाई कारोबार गर्न सकिनेछ । 

क्यापिटलले यसअघि सिद्धार्थ इक्विटी ओरियन्टेड स्कीम र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम सफलता पुर्वक सञ्चालन गरिरहेको छ। यस संगै सिद्दार्थ क्यापिटलको व्यवस्थापनमा संचालन हुने म्युचुअल फन्डको संख्या ३ वटा पुगेको छ।    

सिद्दार्थ क्यापिटलले गत बर्षको कमाईबाट सिद्धार्थ ग्रोथ स्कीमका इकाईधनीलाई ६० प्रतिशत र सिद्धार्थ इक्विटी ओरियन्टेड स्कीमका इकाईधनीलाई २५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। क्यापिटलले 'सिद्दार्थ इक्विटी फन्ड' को इकाईधनीहरुलाई पनि आकर्षक प्रतिफल दिने दाबि गरेको छ।

सिद्धार्थ इक्वीटी फण्डले औषतमा २५ प्रतिशतका दरले प्रतिफल दिने योजना रहेको क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमल्सिनाकोे भनाइ छ। दुई फन्डको संचालनको अनुभवको आधारमा पनि कोषका इकाईधनीहरुलाई २५ प्रतिशतका दरले प्रतिफल दिन सहज हुने तिमिल्सेनाको दाबी छ।               

योजना मार्फत उठेको रकम मध्येको झन्डै ७० प्रतिशत रकम सेयर बजारमा लगानी हुनेछ। यसले पुंजीबजारमा बढ्दो सेयर आपूर्तिमा केहि सन्तुलन ल्याउने अपेक्षा गरिएको छ।  


 


 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved