सिद्दार्थ इक्विटी फन्डमा १ अर्ब ८० करोडको आबेदन, आज अन्तिम दिन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 16, 2017 | 11:40:27 AM मा प्रकाशित

laxmi  sunrise bank

सिद्दार्थ क्यापिटलले ल्याएको 'सिद्दार्थ इक्विटी फन्ड' मा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ। सिद्दार्थ इक्विटी फन्डमा लगानी गर्न इच्छुक लगानीकर्ताले असोज २५ देखि आज अर्थात असोज ३० सम्म आबेदन दिन सक्ने कोष व्यवस्थापक तथा बिक्रि प्रबन्धक सिदार्थ क्यापिटलले जनाएको छ। 

सिद्दार्थ इक्विटी फन्डमा आबेदनको चौथो दिनमा मात्रै १६ हजार आवेदकबाट १ अर्ब रुपैयाँ बराबरको आबेदन परेको क्यापिटलले जनाएको छ। चार दिनमा २८ हजार आवेदकबाट १ अर्ब ८० करोड बराबरको आबेदन परेको हो। कोषमा असोज २५ देखि छिटोमा असोज २९ गतेसम्म आबेदन दिन मिल्ने भएपनि इच्छुक लगानीकर्ताले आज पनि आबेदन दिन सक्ने क्यापिटलले जनाएको छ। 

'हिजो सम्मनै अत्यधिक आवेदन परेको छ, त्यहि पनि कोहि नछुटुन भनेर आजसम्मका लागि आबेदन खुला गरेका छौं' क्यापिटल स्रोतले बताएको  छ। 

 पुंजीबजारमा तिब्र उतार चढाब देखिएको र माग तथा आपूर्तिबीच असन्तुलन देखिएको अवस्थामा कुल लगानीको ७० प्रतिशत दोस्रो बजारमा नै लगानी गर्ने उदेश्यले सिद्दार्थ क्यापिटलले ल्याएको यस कोषमा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएको क्यापिटलले जनाएको छ। 

सिद्दार्थ बैंकको पूर्ण स्वामित्वमा रहेको सिद्दार्थ क्यापिटलले १ अर्ब २० करोड रुपैयाँ बराबरको 'सिद्दार्थ इक्विटी फन्ड' निष्काशन गरेको हो। क्यापिटलले बिक्रि खुला गरेको कुल १२ करोड इकाई मध्ये १५ प्रतिशत अर्थात १ करोड ८० लाख इकाई सिद्दार्थ बैंकको लागि छुट्याइएको छ। यस अर्थमा सर्वसाधारणका लागि १० करोड २० लाख इकाई बिक्री खुला गरिएको छ। एक जना लगानीकर्ताले न्युनतम १०० इकाई र अधिकतम २४ लाख इकाईका लागि आबेदन दिन सक्नेछन।

इच्छुक लगानीकर्ताले सिद्दार्थ क्यापिटल नक्साल र सिदार्थ बैंकका सम्पूर्ण शाखा कार्यालयबाट आबेदन फारम प्राप्त गरी आबेदन भर्न सक्नेछन। आवेदककर्ताले आस्वा मान्यता प्राप्त बैंक तथा वित्तीय संस्थाका ७७ जिल्लाका शाखा कार्यालयबाट आबेदन दिन सक्नेछन।

सिद्दार्थ इक्विटी फन्ड १० बर्ष बन्दमुखी योजना हो। सिद्दार्थ क्यापिटलले यस अघि सिद्दार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम र सिद्दार्थ इक्विटी ओरियन्टेड स्किम संचालन गर्दै आएको छ।    

संस्थागत लगानीकर्ताले पनि आबेदन दिन पाउने 

कोष व्यवस्थापक सिद्दार्थ क्यापिटलले 'सिद्दार्थ इक्विटी फन्ड' मा संस्थागत लगानीकर्ताले समेत लगानी गर्न पाउने जनाएको छ। क्यापिटलले एक सूचना सार्वजनिक गर्दै 'सिद्दार्थ इक्विटी फन्ड' मा कम्पनी, संस्था र कोषले समेत लगानी गर्न पाउने जानकारी गराएको छ। 

नियमन निकाय नेपाल धितोपत्र बोर्डले चालु आर्थिक बर्षदेखि सार्वजनिक निष्काशन (साधारण सेयर) मा प्राकृतिक व्यक्तिले मात्र आबेदन दिन पाउने व्यवस्था गरेको छ। तर कोषको इकाईमा भने यो व्यवस्था आकर्षित नहुने क्यापिटलले जनाएको छ। 

सिद्दार्थ इक्विटी फन्डको १२ करोड इकाई असोज २५ देखि बिक्री खुला, कती इकाई आबेदन दिने ?

'सिद्दार्थ इक्विटी फन्ड' मा लगानी गर्दै हुनुहुन्छ ? जान्नुहोस म्युचुअल फण्डमा लगानी कति उत्तम

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved