लक्ष्मी बैंकले गर्यो लाभांश घोषणा, हेर्नुस कति दिने भयो बोनस

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 22, 2017 | 08:44:00 AM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी बैंकले गत आर्थिक बर्षको कमाईबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकको कात्तिक १ मा बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको जनाइएको छ। 

उक्त लाभांश प्रस्ताब नेपाल राष्ट्र बैंक र बैंकको आगामी बार्षिक साधारणसभाले पारित गरेपश्चात शेयरधनिहरुमा वितरण हुनेछ। बिजपाटि डटकमले लक्ष्मी बैंकल गत आर्थिक बर्षको कमाईबाट १३ प्रतिशत लाभांश वितरण गर्ने प्रक्षेपण गरेको थियो। 

१० प्रतिशत बोनस सेयर वितरण पश्चात लक्ष्मी बैंकको चुक्ता पुंजी ८ अर्ब २१ करोड ९६ लाख ५३ हजार २०० पुग्नेछ। हाल बैंकको चुक्ता पुंजी ७ अर्ब ४७ करोड छ। बैंकले गत आर्थिक बर्ष १ अर्ब खुद मुनाफा आर्जन गरेको थियो।  

EXCLUSIVE REPORT: २८ बाणिज्य बैंक मध्ये कुन बैंकको लाभांश क्षमता कति ?


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved