मेगासंग मर्जमा जाने प्रस्ताब राखेर टुरिजमले डाक्यो साधारणसभा, बुक क्लोज मिति तय

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Oct 29, 2017 | 09:19:37 AM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक र टुरिजम डेभलपमेन्ट बैंकबीच मर्जर प्रक्रियाले अन्तिम रुप पाउने भएको छ। मेगा बैंकसंग मर्जरमा जाने प्रस्ताब राखेर टुरिजमले मङ्सिर ४ गतेका लागि बार्षिक साधारणसभा डाकेसंगै मर्जर प्रक्रिया टुंगो लागेको हो। 

मेगा र टुरिजम बीच १०० बराबर ९५ को स्वाप अनुपात हुने गरी गत बर्ष माघ ६ मा एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा सहमति भएको हो। मर्जरमा जाने सहमति भएपश्चात दुवै बैंकको सेयर कारोबार समेत गत बर्ष माघ ७ देखि रोक्का रहेको छ।  

साधारणसभा प्रयोजनार्थ बुक क्लोज तय 

टुरिजमको कात्तिक १० मा बसेको संचालक समितिको बैठकले मङ्सिर ४ मा साधारणसभा डाक्ने निर्णय गरेको हो। मङ्सिर ४ को साधारणसभा प्रयोजनार्थ बैंकले कात्तिक १९ का लागि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको छ। टुरिजमको सेयर कारोबार गत बर्ष माघ ७ देखि रोक्का रहेकाले त्यो बेलासम्म कायम शेयरधनीहरुले मात्र साधारणसभामा सहभागी हुन र लाभांश प्रस्ताब प्राप्त गर्न सक्नेछन। 


टुरिजमले सेयरधनीलाई १७ करोड १० लाख ७७ हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताबलाई बिशेस प्रस्ताबमा राखेर साधारणसभामा लैजादैछ। टुरिजमका अनुसार गत बर्ष असार २४ यता टुरिजमको शेयर खरीद गरेका शेयरधनीहरुले बोनस सेयर बापत लाग्ने कर तिर्नुपर्नेछ।   

मर्जर प्रक्रियालाई अन्तिम रुप दिन टुरिजमको साधारणसभा लगत्तै मेगाले बिशेष साधारणसभा डाक्ने बैंक स्रोतले जनाएको छ। हाल ६५ प्रतिशत हकप्रद बिक्रि गरिरहेको मेगा बैंकको चुक्ता पुंजी हकप्रद वितरण पश्चात ७ अर्ब ५६ करोड पुग्ने छ। यता टुरिजम र मेगाबीच मर्जर सम्पन्न भए पश्चात चुक्ता पुंजी ९ अर्ब ४८ करोड नाघ्नेछ। 


मेगा बैंकको ६५ प्रतिशत हकप्रद भर्ने म्याद १५ दिन थप, अब ३ दिन बाँकी 

टुरिजमको ७ लाख कित्ता हकप्रद लिलाममा,अक्शनले पनि बोनस पाउने हुँदा कति मुल्यमा आबेदन दिनु उचित?


 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved