आरएसडिसी लघुवित्तको साधारणसभा मङ्सिर ८ गते, बुक क्लोज मिति तय

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 03, 2017 | 12:16:43 PM मा प्रकाशित

laxmi  sunrise bank

आरएसडिसी लघुवित्तले मङ्सिर ८ गते साधारणसभा गर्ने भएको छ । कम्पनीले बुटवलको एसियन होटेलमा आफ्नो चौथो साधारणसभा गर्न लागेको हो । कम्पनीले साधारणसभा प्रयोजनको लागि कार्तिक २४ गते बुक क्लोज गर्ने निणर्य गरेको छ । कार्तिक २३ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित बोनस प्राप्त गर्न सक्नेछन्  ।

साधारणसभामा १३ प्रतिशत बोनस प्रस्ताव, बोनस र अहिलेको २०० प्रतिशत हकप्रद पछि थप ६० प्रतिशत हकप्रद प्रस्ताव पेश हुने छन्  । कम्पनीले हाल २०० प्रतिशत हकप्रद बिक्रि गरिरहेको छ जुन कार्तिक २० गतेसम्म जारी रहने छ । 

हाल कम्पनीको चुक्ता पुंजी ११ करोड ५० लाख रहेकोमा २०० प्रतिशत हकप्रद र १३ प्रतिशत बोनसपछि चुक्ता पुंजी ३५ करोड ९९ लाख पुग्ने छ । त्यस पछि जारि हुने ६० प्रतिशत हक्प्रपाची बैंकको चुक्ता पुंजी ५७ करोड ६० लाख पुग्ने छ ।  

कम्पनीले गत आर्थिक बर्षमा १ करोड ९६ लाख खुद नाफा कमाएको थियो ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved