दोहोरो अंकले घट्यो नेप्से, एभरेस्ट बैंकको कारोबार उच्च, कमाउनेमा ग्रिन डेभलपमेन्ट बैंक अगाडी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 19, 2017 | 01:22:00 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आज आइतबार बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक १३.३४ अंकले घटेर १४७५.७२ को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १५६ कम्पनीका ११ लाख ५५ हजार ६ सय ९२ कित्ता शेयर खरिद बिक्रिबाट कुल ४५ करोड ५२ लाख ७ सय २९ रुपियाँको कारोबार भएको छ । 

आज एभरेस्ट बैंकको सबै भन्दा धेरै ७ करोड ६६ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कमाउनेमा सोल्टी होटेल, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल लाइफ इन्स्योरेन्स , अरुण काबेली पावर लगायत रहेका छन् । 

आज कारोबारमा आएका समुहगत सूचक मध्ये उत्पादन समूह बाहेकका सबै सूचक घटेका छन् । 

आज गरिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्बाधिक ३.५९ प्रतिशत कमाएका छन् । अन्य बढी कमाउनेमा मल्टीपर्पोज फाइनान्स कम्पनी, एभरेस्ट बैंक, हिमालयन डिस्टिलरी, महिला सामुदायिक लघुवित्त लगायत रहेका छन् । 

आज नेपाल हाइड्रो डेभलपरका लगानीकर्ताले सर्बाधिक ९.१ प्रतिशत गुमाएका छन् । अन्य बढी गुमाउनेमा महिला लघुवित्त विकास बैंक, गुडविल फाइनान्स, ओरियन्टल होटेल्स, समिट माइक्रोफाइनान्स लगायत रहेका छन् । 
 


। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved