नेपाल धितोपत्र बोर्डले विनिमय वजार सम्बन्धी नियमावली , २०७४ लागू गरेको छ । नेपाल सरकारले वस्तु विनिमय वजारको विकास तथा संचालन, लगानीकर्ताको हितसंरक्षण, वस्तुको कारोवार, राफसाफ तथा फस्र्यौट र वेयर हाउस संञ्चालन सम्वन्धी व्यवसायलाई नियमन गर्न वस्तु विनिमयवजार सम्वन्धी ऐन, २०७४ मिति २०७४भाद्र ११ गते देखि लागू गरेको पृष्ठभूमिमा उक्त ऐनको कार्यान्वयनको लागि ऐन प्रमाणिकरण भएको ९१ औं दिन अर्थात मिति २०७४ मंसिर ०९ गते देखि नेपाल सरकारको स्वीकृतिमा वोर्डले वस्तु विनिमय वजार सम्बन्धी नियमावली, २०७४ लागू गरेको हो ।
यस नियमावलीमा वस्तु विनिमय वजारको नियमन तथा संचालन सम्वन्धमा मूख्यतः देहाय अनुसारका व्यवस्थाहरु गरिएको छ । यस व्यवस्था सँगै धितोपत्रबजार साथसाथै वस्तु विनिमय बजारको समेत विकास र विस्तार गर्ने जिम्मेवारी बोर्डमा पुगेको छ ।
के छन् ऐनले गरेको ब्यबस्था ?
वस्तु विनिमय बजार सञ्चालन गर्न कम्पनी संस्थापना गर्नु अघि संभाव्यता अध्ययन प्रतिवेदन, लगानीको स्रोत, सेयर स्वामित्व सम्वन्धी विवरण तथा वस्तुको विद्युतीय कारोबार प्रणालीको सुरक्षाका लागि व्यवस्था लगायतका विवरण सहित बोर्डवाट पूर्व स्वीकृतिको लागि निवेदन पेश गर्नुपर्ने,
त्यस पश्चात अनुमति प्रदान गर्ने र अनुमति प्राप्त गरेको १ सय ८० दिनभित्र न्यूनतम पूर्वाधार तयार गर्नुपर्ने,
वोर्डवाट अनुमतिपत्र लिएर मात्र वस्तु विनिमय वजार सम्वन्धी कार्य गर्न पाइने,
न्यूनतम चुक्ता पूँजी सम्बन्धी व्यवस्था निम्नानुसारको हुनुपर्नेः
वस्तु विनिमय बजार सञ्चालन गर्ने संगठित संस्थाको चुक्तापूँजी रु. ५० करोड,
वेयर हाउसको रु. १५ करोड,
राफसाफ तथा फस्र्यौट व्यवसायको रु. ७ करोड
लगानी व्यवस्थापकको रु. ५ करोड,
लगानी परामर्शदाताको रु. १ करोड तथा
वस्तु कारोवार दलालको रु. ५० लाख
देशको समग्र आर्थिक अवस्था तथा आर्थिक क्रियाकलापको आधार, लगानीकर्ताको हित संरक्षण, वस्तु विनिमयबजार संचालनगर्न चाहिने साधन÷स्रोत र प्रतिस्पर्धालाई दृष्टिगत गरीवस्तु विनिमय वजारलाई अनुमति दिने,
कसैले पनिवस्तु विनिमयवजारको कूल शेयर पूंजीको ५ प्रतिशतभन्दा बढी शेयर स्वामित्व ग्रहण गर्न नपाउने,
वस्तु विनिमयबजारको अनुमति लिएको तीन बर्ष सम्म शेयर बिक्रीगर्न नपाईने र त्य सपश्चात शेयर स्वामित्व लिएको व्यक्तिले शेयर हस्तान्तरण गर्न चाहेमाबोर्डको पूर्व स्वीकृति लिनु पर्ने,
ऐन तथा नियमावलीले तोकएको योग्यता पूरा गरेको व्यक्तिवा संस्थाले मात्र शेयर स्वामित्व लिन सक्ने,
विदेशी संस्थाले रणनीतिक साझेदारको रुपमाबजारको कुल शेयर पूँजीको बढीमा ५१ प्रतिशतसम्म शेयर स्वामित्व ग्रहण गर्नसक्ने । त्यस्तो स्वामित्व ग्रहण गर्ने विदेशी रणनीतिक साझेदार वस्तु विनिमयबजार सम्बन्धी व्यवसाय संचालन गरेको न्यूनतम तीन वर्षको अनुभव हुनुपर्ने,
कारोवार गर्न सकिने वस्तुहरुको सूचि निम्न वमोजिम हुने र वोर्डले आवश्यकताअनुसार थप गर्न सक्ने,
(क) कृषिजन्यउत्पादन ः कपास, अलैंची, जिरा, खुर्सानी, मरीच, काजू, सुपारी, दलहन, मकै, गहुँ, धान, आलु, मेथी, तोरी, भटमास, आलस, फापर, उखु, सूर्ति, जूट, अदुवा, बेसार, फलफुलतथा सोबाट निर्मित जुस ।
(ख) धातुजन्य वस्तुः आल्मुनियम, तामा, शिशा, निकल, टिन, पित्तल, फलाम, स्टिल, जिंक ।
(ग) बहुमूल्यधातुः सुन, चाँदी, प्लाटिनम ।
(घ) खनिजतैलजन्य वस्तु ःकच्चा तेल, पेट्रोलियनपदार्थ, प्राकृतिकग्यास, हिटिड्डआयल ।
(ङ) तेल ः नरिवलको तेल, पाम तेल, तोरीको तेल, भटमासको तेल, सूर्य मुखी तेल, आलसको तेल ।
¬ (च) अन्य ःचिनी, सख्खर, चिया, कफी, अण्डा, जडिबुटी ।
कारोवारपूर्व वस्तु करार तयार गरी बोर्डमादर्ता गर्नुपर्ने,
वस्तु विनिमयबजारले कारोबार शुरु गरेको वा स्थगन गरेको जानकारी लगानीकर्तालाई दिनुपर्ने,
बजार, व्यवसायीले विद्युतीय रुपमा कारोबार गर्न सकिने गरी स्वचालित कारोबार प्रणाली स्थापनागर्नुपर्नेे,
व्यवसायीले ग्राहकको स्पष्ट पहिचानहुने विवरण (प्थ्ऋ) सहितको अभिलेख राख्नु पर्ने,
अनुमतिपत्रप्राप्त संस्थाले बार्षिक, अर्धबार्षिक तथा त्रैमासिक रुपमाविवरण पेश गर्नुपर्ने,
बोर्डले नियमित रुपमा सुपरिवेक्षण तथाअनुगमनगर्ने,
वस्तु विनिमयबजारले लगानीकर्ता संरक्षण कोष र सेटलमेन्ट ग्यारेन्ट फण्ड स्थापनागर्नुपर्नेव्यवस्था रहेको,
ऐन, नियमावलीतथावोर्डले दिएको निर्देशनपालनानगरेमा, कारोवार रोक, अनुमतिपत्रनिलम्वन, खारेजी, विगो बमोजिमवा रु १० लाख सम्म जरिवानावा ५ वर्ष सम्म कैद हुन सक्ने ।
यसरी वस्तु विनिमयवजार नियमावली २०७४ लागू भई कार्यान्वयनमा आए पश्चात नेपालको वस्तु विनिमयवजार स्पष्ट नियमनदायरा भित्रप्रवेश गर्नुको साथै वजारनियमित, व्यवस्थितविश्वसनीय, स्वच्छ, तथापारदर्शी भई लगानीकर्तालाई लगानी विविधिकरणको लागि नयाँ क्षेत्र खुल्ने वोर्डको अपेक्षा रहेको छ । साथै कानुनी व्यवस्था भएसँगै व्यवहारिक र कानुनी हिसावले वस्तु विनिमय बजारको विकासलाइ व्यवस्थित र नियमनगर्ने बोर्डलाई मुख्य चुनौतीको रुपमा रहेको छ ।