12 Dec, 2017 | २६ मंसिर २०७४ | मङ्गलवार


Bizpati Reporter

Follow us on

'सानिमा इक्वीटि फण्ड' को इकाई भर्ने म्याद थप, हेर्नुस लगानी कति उत्तम

Posted on:December 01, 2017

सानिमा क्यापिटलको व्यवस्थापनमा आएको 'सानिमा इक्वीटि फण्ड' को इकाई भर्ने म्याद थप गरिएको छ । मङ्सिर १२ देखि बिक्रि खुला  भएको फण्डमा आज छिटोमा आज मङ्सिर १५ गतेसम्म भर्न सकिने म्याद थियो ।  तर आज सार्बजनिक बिदा परेको, भोली १६ गते शनिवार परेको र आत्बार पनि सार्बजनिक बिदा परेकोले लगानीकर्ताले मङ्सिर १८ गते सोमबार सम्म इकाई भर्न सक्ने सानिमा क्यापिटलले जनाएको छ ।  

 'सानिमा इक्वीटि फण्ड' को इकाई खरिद गर्न चाहनेले ढिलोमा मङ्सिर २६ सम्म आबेदन दिन सक्नेछन। यस योजनामा लगानीकर्ताले प्रति कित्ता १० रुपैयाँका दरले न्युनतम १०० इकाईदेखि अधिकतम २४ लाखसम्मको इकाईका लागि आबेदन दिन सक्नेछन। 

बन्दमुखी यो योजनाको अवधि ७ वर्षको रहनेछ। जसमा आम नेपाली, गैर आवासीय नेपाली, नेपाली फर्म, संघ संस्था, बीमा कम्पनीले इकाइमा आवेदन दिन सक्ने जनाइएको छ। इच्छुकले आस्वा सेवा दिन अनुमति पाएका सबै बैंक वित्तीय संस्थाहरुबाट देशका सबै स्थानबाट आस्वा मार्फत आबेदन दिन सक्नेछन।   

कुल एक अर्ब २० करोड रुपैयाँ वा कुल निस्कासनको १५ प्रतिशत कोष प्रबद्र्धक सानिमा बैंकका लागि सुरक्षित गरिएको राखी बाँकी सर्वसाधारणका लागि निष्काशन गर्न लागिएको हो। कम्पनीले क्रेडिट रेटिङ 'ए माइनस' पाएको छ।  

इकाईधनीहरुलाई बार्षिक कम्तिमा १५ देखि १८ प्रतिशत प्रतिफल दिने योजना रहेको सानिमा क्यापिटलका सिनियर पोर्टफोलियो म्यानेजर जनार्दन आचार्यले बिजपाटिलाई जानकारी दिए। '७ बर्षमा १२८ प्रतिशत प्रतिफल दिने गरि फण्ड डिजाइन गरिएको हो, इकाईधनीहरुलाई बार्षिक कम्तिमा पनि १५ देखि १८ प्रतिशत प्रतिफल दिने हाम्रो योजना छ।' आचार्यले भने। 


म्युचल फन्डमा लगानी कति उत्तम ?

मुचुअल फन्डमा लगानी किन गर्ने भन्ने बिषयको जानकारी नहुँदासम्म सामुहिक कोषमा लगानी कति उत्तम भन्ने कुराको उत्तर नआउन सक्छ। तसर्थ पाठकहरुका लागि हामीले यहाँ म्युचुअल फण्डमा गरिने लगानी कति उत्तम हुन्छ र यसका फाइदा के हुन्छन भन्ने कुरा पस्कने प्रयास गरेका छौं।        

जब जब लगानीको कुरा उठ्छ, तब हरेक लगानीकर्ताको पहिलो चुनौती भनेको नै उपलब्ध विभिन्न बिकल्पबाट अब्बल माध्यम छनौट गर्नु हुन्छ। गत बर्षको विनासकारी भूकम्प र नाकाबन्दीले नेपालको अर्थतन्त्रमा लगानीको अवसर र विकल्प झनै खुम्चिएको चर्चा गरिदै आएको छ। यस्तो अवस्थामा सामूहिक लगानी कोष वा म्युचुअल फण्ड, शेयर, बोन्ड्स, ऋण पत्र, बैंकमा फिक्सड डिपोजिट लगानीको विकल्प हुन सक्छ।    

दोस्रो बजार अर्थात धितोपत्र बजारमा लगानीको लागी कम्तिमा पनि यस क्षेत्रसंग सम्बन्धित सामान्य ज्ञानको आवश्यकता  पर्दछ। दोस्रो बजारमा लगानीको अवसर जती उत्तम छ त्यति नै जोखिमपूर्ण पनि छ। त्यसैले लगानीको अवसर खोज्ने नयाँ लगानीकर्ताको लागी सामूहिक लगानी कोष वा म्युचुअल फण्डमा गरिने लगानी सबैभन्दा सजिलो उपकरण बन्न सक्छ।  

नयाँ र सिकारु लगानीकर्ताका लागि बजार प्रवेश गर्ने सबैभन्दा उपयुक्त माध्यम सामुहिक लगानी कोष मानिएपनि यसबारे उचित समिक्षा नगरी गरिएको लगानीको निर्णय महँगो साबित हुन पनि सक्छ । त्यसैले लगानी गर्नु पुर्व किन लगानी गर्ने भन्ने सामान्य ज्ञान हुन अत्यावश्यक छ।

सामान्य सिद्दान्त अनुसार पैसा भएका तर लगानीसम्बन्धी ज्ञान नभएका अथवा लगानीसम्बन्धी ज्ञान भएका तर कम पैसाका कारण लगानीलाई विविधीकरण गर्न नसक्ने र समय अभावका कारण पर्याप्त सूचना तथा समाचार संकलन गरी लगानीलाई व्यवस्थित गर्न नसक्ने लगानीकर्ताको लगानीलाई सामुहिक रुपमा बिबिध क्षेत्रमा लगानी गरी लगानीकर्तालाई प्रतिफल दिनका लागी म्युचुअल फन्डको स्थापना गरिएका हुन्छन। 

सामान्य रुपमा दुई प्रकारका सामुहिक लगानि कोषको अवधारणा रहेका छन। खुलामुखी र बन्दमुखी। खुलामुखी (ओपन इन्डेड) म्युचुअल फन्ड नै वास्तविक म्युचुअल फन्ड हो। यद्दपी नेपालको सन्दर्भमा खुलामुखी (ओपन इन्डेड) म्युचुअल फन्ड नहुनु नै कम जोखिम मोलेर लगानी गर्न चाहनेहरुका लागी दुखद कुरा हो। 

नेपालमा अहिलेसम्म संचालनमा आएका म्युचुअल फन्ड बन्दमुखी हुन। खुलामुखी म्युचुअल फन्डको विकल्पमा रुपमा स्थापना भएका यस्ता मुचुअल फन्डले लगानीकर्ताको धेरै अवसर र अधिकार खोसे पनि नेपालको वर्तमान परिपेक्षमा शेयर बजारमा प्रवेश गर्न चाहनेका लागी यो नै उत्तम विकल्पको रुपमा देखिएको छ। 

अर्को तर्फ अधिकांश म्युचुअल फन्डले दिने प्रतिफल सामान्यतया बजारमा चलेको ब्याजदर र मुद्दती निक्षेपमा दिईने ब्याजदर भन्दा बढी नै हुन्छ। एका तर्फ सामुहिक लगानी कोषले दिने प्रतिफल लगानीकर्ताको लागि चल्तीको ब्याजदर भन्दा बढी हुनेगर्छ भने अर्को तर्फ इकाईधनीहरुले आफुले चाहेको बेला आफुसंग भएको इकाई बिक्रि गरी खर्चको जोहो गर्ने बाटो खुला नै हुन्छ।  

त्यसो त नेपालमा संचालनमा आएका म्युचुअल फन्डहरुको लगानीको प्रमुख क्षेत्र सेयर बजार रहेको छ। यस्तोमा म्युचुअल फन्डमा लगानी गर्दाको केहि फाइदाहरु यस्ता छन:

मुद्रास्फीति प्रभाब न्यूनीकरण 

धेरै समय र ठुलो लगानी बिना नै लगानीकर्ताले कोषबाट पाउने प्रतिफल नै फन्डको मुख्य आकर्षण हो। फन्डमा गरिने लगानीबाट प्राप्त प्रतिफलले मुद्रास्फीति प्रभाबलाई न्यूनीकरण गर्ने अवसर सृजना गर्दछ। 

नेपालमा बैंक तथा वित्तीय संस्थाहरुले दिने औशत ब्याजदर भदा मुद्रास्फीति दर बढी रहेको छ। यद्दपी गत आर्थिक बर्षको प्रथम आठ महिनाको तथ्यांकलाई आधार मान्ने हो भने यो दर ५.१ प्रतिशत छ। बैंक वित्तीय संस्थाहरुले दिने ब्याजदर भन्दा औशतमा मुचुअल फन्डले दिने प्रतिफल  बढी छ। त्यसैले कम जोखिम र थोरै लगानीको हिसाबले पनि मुचुअल फन्डमा गरिने लगानी उत्तम विकल्प बन्न सक्छ।

विशेषज्ञ टोलि 

नेपालको सेयर बजार नै फन्डहरुको लगानीको प्रमुख क्षेत्र रहेपनि सामुहिक लगानी कोषले लगानी निर्णय लिनका लागी यस क्षेत्रसंग सम्बन्धित विशेषज्ञहरु टोलि गठन गरेको हुन्छ। जसले कम्पनीहरुको वित्तीय अवस्थाको अध्ययन गरेर लगानी गर्नको लागी सुझाब दिन्छन। गहन अध्ययन, अनुसन्धान, विश्लेषण पछी मात्र लगानीको निर्णय गरिने हुँदा लगानी र प्रतिफल सुरक्षित हुने गर्दछ। 

सुविधा 

त्यसो त नेपालमा संचालनमा रहेका फन्डहरु बन्दमुखी रहेका छन। जसकारण लगानिकर्ताले आफुले चाहेको बेला आफ्नो इकाई किन बेच गर्न पाउदछ। भने चक्रीय प्रतिफल आर्जन समेत गर्दछ। लगानीकर्ताले सेयर बजारमा प्रवेशका लागी फन्डमा गरिने लगानीलाई मार्ग बनाउन सक्ने सुविधा रहन्छ भने कम अध्ययन र लगानीमा प्रतिफल प्राप्त गर्दछ। 

कम खर्च 

सिधै पुंजी बजारमा गरिने लगानीको तुलनामा फन्डमा गरिने लगानी तुलनात्मक रुपमा कम हुन्छ। कम लगानीसंगै जोखिम र चुनौती समेत कम हुने गर्छ। सम्भवत: समय अभाब भएका, कम जोखिम लिन चाहने र कम लगानी गर्न चाहनेका लागी फन्डमा लगानी उत्तम विकल्प हुन सक्छ। 

विविधिकरण 

त्यसो त व्यक्तिगत रुपमा गरिने लगानीलाई समेत विविधिकरण गर्न सकिन्छ। तर यसका लागी लगानी केहि बढी हुनु पर्दछ भने अध्ययनको पनि उत्तिकै आवश्यकता रहेको हुन्छ। सिद्दान्तत: फन्डमा गरिने लगानीमा विविधिकरण हुने गर्छ। पुंजी बजारमा मात्र नभई फन्डहरुले पूर्वाधार लगायतका अन्य क्षेत्रमा समेत लगानी गरेका हुन्छन। तर नेपालको सन्दर्भमा फन्डहरुले सेयर बजारमा सुचिकृत कम्पनीहरुमा जोखिम र प्रतिफलको हिसाबले लगानीमा विविधिकरण अपनाएका हुन्छन। 

अन्त्यमा,  

सामुहिक लगानी कोषमा गरिने लगानीलाई सेयर बजारमा प्रवेश गर्ने ढोकाको रुपमा चर्चा गरिएपनि फन्डमा लगानी गर्नु पुर्व केहि अध्ययन भने आवश्यक रहेको छ। बजारमा संचालनमा रहेका फन्डहरु मध्य कसले बढी प्रतिफल दिन्छ, कुन फन्ड संचालन गर्ने संचालक र वित्तीय संस्था कस्तो छ भन्ने बिषयहरुको सामान्य ज्ञान राख्न अत्यावश्यक हुन्छ। 

उचित मूल्याङ्कन र बिबिध पक्षको विश्लेषण नगरी कोष लगानीको सबैभन्दा सहज र सजिलो साधन वा लगानी शुरू गर्ने उत्तम विकल्प भन्नु हतार पनि हुन सक्छ। लगानी कोष पनि वित्तीय बजारको एक पाटो भएकाले तुलनात्मक रूपमा जोखीम तथा प्रतिफल केही फरक हुनसक्छ । कुनै पनि लगानीको जोखीम र प्रतिफल त्यसको सञ्चालक÷प्रवद्र्धक, कोष व्यवस्थापक, बजार संरचनाका साथै अन्य विभिन्न बाह्य पक्षमा निर्भर गर्छ । यी बिबिध पक्षहरुको अध्ययन पछि मात्र कोष मा लगानीको निर्णय लिनु बुद्दिमानी ठहरिन्छ।


Share your thoughts!

Loading...

Trending