यी हुन आज सोमबार एकैदिन एफपिओ निष्काशनको अनुमति पाउने २ कम्पनी, हेर्नुस कसको कति ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 04, 2017 | 03:34:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले सोमबार २ कम्पनीलाई थप साधारण सेयर अर्थात एफपीओ निष्कासन गर्ने अनुमति दिएको छ । बोर्डले १ बीमा र १ जलविद्युत कम्पनीलाई गरी ४७ लाख ४० हजार ५६५ कित्ता एफपीओ निष्कासनको अनुमति दिएको हो ।

आज प्रिमियर इन्स्योरेन्स र बुटवल पावर कम्पनीले एफपीओ निष्काशनको अनुमति पाएका हुन्।

अब प्रिमियर इन्स्योरेन्सले ६ लाख ५९ हजार पाँच सय ६५ कित्ता एफपीओ बिक्री गर्ने छ ।इन्स्योरेन्सले एक सय रुपैंया अंकित मूल्यमा ६९९ रुपैयाँ प्रिमियम थप गरी ७९९ रुपैंयाको दरमा सेयर निष्काशन गर्ने भएको छ । इन्स्योरेन्सले संस्थापक र साधारण सेयरको अनुपात ५१ः४९ कायम गर्न उक्त परिमाणको एफपीओ बिक्री गर्न लागेको हो ।

 हाल इन्स्योरेन्सको चुक्ता पूँजी ४४ करोड ८५ लाख चार हजार रुपैयाँ रहेकोमा एफपिओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ५१ करोड ४४ लाख ६० हजार रुपैयाँ पुग्नेछ । एफपिओ निष्काशनको लागि कम्पनीले एनएमबि क्यापिटललाई बिक्रि प्रबन्धक तोकेको छ  ।

त्यस्तै अब बुटवल पावर कम्पनीले ४० लाख ८१ हजार कित्ता नयाँ सेयर निष्काशन गर्ने   छ । कम्पनीले एक सय रुपैंया अंकित मूल्यमा ४०१ प्रिमियम थप गरी ५०१ रुपैयाँमा एफपिओ निष्काशन गर्ने अनुमति पाएको हो  ।

कम्पनीले एफपिओबाट संकल गरिएको रकम ३७.६ मेगावाटको काबेली ए हाइड्रोपावर र ३० मेगावाटको न्गादी हाइड्रोमा प्रयोग गर्ने बताएको छ। काबेली ए मा कम्पनीको ५४ प्रतिशत स्वामित्व र न्गादी हाइड्रोमा ९७ प्रतिशत स्वामित्व छ । 

 एफपिओ निष्काशनको लागि दुवै कम्पनीले एनएमबि क्यापिटललाई बिक्रि प्रबन्धक तोकेका छन्।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved