सरोकारवालाको ३ प्रतिबद्धताले छोएन पुंजीबजारलाई, कहिले रोकिएला नेप्सेको गिरावट ? (बिश्लेष्ण)

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 24, 2017 | 02:37:55 PM मा प्रकाशित

laxmi  sunrise bank

लगानीकर्ताको अपेक्षा बिपरित आइतबारको कारोबारमा समेत नेप्से परिसूचक ओरालो लागेको छ। कारोबारको सुरुवातमा हरियो देखिएको नेप्से परिसूचक अन्तत: ५.२८ अंकले घटेर १४६६.८७  को बिन्दुमा ओर्लिएको छ।  

कानुनि बाटो खुलाईदिए पुंजीबजारमा सुरुवात मै १० अर्ब लगानी गर्ने गैर आवासीय नेपाली संघको प्रतिबद्धता, नेप्सेका प्रमुख कार्यकारी चन्द्र सिंह साउदको पुंजीबजारबारे आएको सकारात्मक धारणा र एमाले अध्यक्ष केपी शर्मा ओलीको पुंजीबजारको विकास तथा बिस्तारमा बाम सरकार प्रतिबद्ध रहने जस्ता भनाईले आइतबारको कारोबारमा नेप्से सकारात्मक रहने लगानीकर्ताको अपेक्षा थियो। 

तर लगानीकर्ताको अपेक्षा बिपरित नेप्से परिसूचक सामान्य अंकले घट्दा निरन्तर ओरालो लागेको नेप्सेको गिर्दो क्रमले लगानीकर्तालाई हतोत्साहित बनाएको छ। नेप्से निरन्तर ओरालो लागें थालेपछि लगानीकर्ताहरुले समेत निराश हुन थालेको विश्लेषण गरिएको छ। 

आइतबारको कारोबारमा १६१ वटा कम्पनीको १४ लाख ५७ हजार कित्ता शेयर खरिद बिक्रि हुँदा ५५ करोड ९५ लाखको कारोबार भएको छ। जसमा स्ट्यान्डर्ड चार्टड बैंकको मात्रै सबै भन्दा बढी ८ करोड ४५ लाखको कारोबार भएको छ भने लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको जनता बैंकको २ करोड ७७ लाखको कारोबार भएको छ। 

नेप्से परिसूचक सामान्य अंकले  ओरालो लाग्दा पनि  ग्रिन डेभलपमेन्ट बैंक र महुली लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ। त्यस्तै सिधु बिकास बैंक र सहयोगी विकास बैंकको शेयर मुल्य क्रमश १० र ९ प्रतिशतले घटेको छ। 

कहिले रोकिएला नेप्सेको गिरावट 

राजनीतिक अन्यौलताले नेप्सेको गिरावटमा मलजल गरेको विश्लेषण गरिएको छ। तर पुंजीबजारमा राजनीतिक प्रभाब क्षणिक हुने भएकाले ब्याजदर र माग तथा आपूर्तिबीचको असन्तुलन नै बजार घट्नुको प्रमुख कारण रहेको शेयरपण्डितहरुको भनाई छ। 

निर्वाचन लगत्तै बैंकिङ प्रणालीमा लगानीयोग्य रकम भित्रिने र क्रमश: ब्याजदर घट्दै जाने लगानीकर्ताको अनुमान बिपरित गत सातादेखि बैंकहरुले निक्षेप तान्न पुन: ब्याजदर बढाएका छन। त्यसको सिधा असर पुंजीबजारमा देखिएको छ। ब्याजदर अझै बढ्ने हो  कि भन्ने आशंकाले केहि लगानीकर्ताले नोक्सान नै सहेर पनि शेयर बिक्रि गरि महँगो ऋण चुक्ता गर्न लागिपरेका छन। ब्याजदर घट्ने संकेत देखिने हो भने पुंजीबजार सकारात्मक दिशामा जाने  लगानीकर्ताको बुझाई छ। 

दोस्रो, माग र आपूर्तिबीचको सन्तुलन कायम गर्न एनआरएनएलाई नेपालको पुंजीबजारमा भित्र्याउन आवश्यक छ। सोहि अनुसार धितोपत्र बोर्ड लागेको छ  तर नेपालको पुंजीबजारमा गरिएको लगानीको प्रतिफल आफु बसेको देशमा लैजाने सहज  कानुनि व्यवस्था नभएमा  एनआरएनको पुंजीबजारमा प्रत्यक्ष प्रवेश असम्भब जस्तै देखिन्छ यदि राष्ट्र बैंकले एनआरएन को लगानीको लागि कानुनि बाटो तय गरेमा  एनआरएनएको पुंजीबजारमा प्रवेश हुने छ र अहिले  पुजी बजारमा देखिएको  आपूर्तिलाई केहि मात्रा भएपनि सन्तुलन कायम गर्नेछ। 

तेस्रो, लगानीको दायरा बिस्तार। अन्तत: देशभर तथा विदेशमा रहेका नेपालीहरुले समेत लगानी गर्न पाउने माध्यम भनेको अनलाइन ट्रेडिङ नै हो। तर अनलाइन ट्रेडिङ कार्यन्वयन निकै फितलो बन्दा लगानीकर्ताको आत्मविश्वास बलियो बन्न सकेको छैन। अँनलाइन ट्रेडिङ लागू हुने निश्चित भएसंगै पक्कै पनि नेप्सेको अहिलेको गिरावटमा कमि आउने अपेक्षा लगानीकर्ताको छ।

साथै पुंजीबजारमा मोफसलका लगानीकर्ताहरुको पहुँच पुग्ने हो भने पनि हाल देखिएको माग र आपूर्तिबीचको असन्तुलनमा केहि हल हुने देखिन्छ। यसका लागि सम्बन्धित निकायले बैंकहरुलाई स्थानीय निकायमा पुर्याउने नीति अख्तियार गरे जस्तै ब्रोकरहरुलाई समेत कुनै प्रक्रिया मार्फत प्रत्येक निकायमा पुर्याउनु पर्ने हुन्छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved