उन्नति माइक्रोफाइनान्सले पुस २१ गतेदेखि आईपिओ निष्काशन गर्ने, १० कित्ताको लागि आवेदन दिन पाइने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 28, 2017 | 08:01:27 AM मा प्रकाशित

laxmi  sunrise bank

उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले पुस २१ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको छ  ।  कम्पनिले अब  १ करोड ६५ लाख बराबरको १ लाख ६५ हजार कित्ता आईपिओ निष्काशन गर्ने छ  । 

कम्पनीले कुल १ लाख ६५ हजार कित्ता मध्ये ४ प्रतिशत अर्थात् ६६०० कित्ता कर्मचारीलाई, ५ प्रतिशत अर्थात् ८२५० कित्ता सामहिक लगानी कोषलाई र बाँकि १ लाख ५० हजार १ सय ५० कित्ता सर्बसाधारणलाई छुट्टयाइएको छ  ।  आईपिओ निष्काशनको लागि सिद्दार्थ क्यापिटल बिक्रि प्रबन्धक चयन भएको छ । 

लगानीकर्ताले छिटोमा पुस २५ र ढिलोमा माघ ५ गतेसम्म आईपिओमा आवेदन दिन सक्ने छन्  । लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम ८ सय २० कित्तासम्मको लागि आवेदन दिन सक्ने छन्  । इच्छुक लगानीकर्ताले सम्पूर्ण आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबात आवेदन दिन सक्ने छन्  ।

 हाल माइक्रोफाइनान्सको चुक्ता पुंजी ३ करोड ८५ लाख रहेकोमा आईपिओ निष्काशनपछि चुक्ता पुंजी ५ करोड नाघ्ने छ । कम्पनीले गत आर्थिक बर्षको चौथो त्रैमासमा १ करोड ६९ लाख खुद नाफा कमाएको थियो । 

रुपन्देहीमा केन्द्रिय कार्यालय रहेको यस माइक्रोफाइनान्सले १० जिल्लामा सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved