६ महिनाको अवधिमा धितोपत्र बोर्डले दियो २७ अर्ब ७६ करोडको सेयर निष्कासनको अनुमति

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 05, 2018 | 07:52:52 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले यस आ.ब. को प्रथम अर्ध बर्षमा गत आ.ब. को तुलनामा सार्वजनिक निष्काशन अनुमतिको संख्या र रकम दुवैमा बढोत्तरी आएको जनाएको  छ ।  सार्वजनिक निष्काशन संख्याको आधारमा यस अवधिमा अघिल्लो बर्षको तुलनामा ६.९८ प्रतिशत तथा रकमको आधारमा ३०.४५ प्रतिशतले बृद्धि भई कुल ४६ वटा संस्थाका रु २७ अर्व ७६ करोड रकम बरावरको सार्वजनिक निष्काशन गर्न बोर्डले अनुमति प्रदान गरेको छ । जस अनुसार ९ वटा कम्पनीको रु २ अर्ब ८६ करोड रकम बरावरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ), ३ वटा कम्पनीको रु २ अर्व ६७ करोड रकम बरावरको थप सार्वजनिक निष्काशन (एफपीओ), ४ वटा सामूहिक लगानी कोषको ४ वटा योजनाको रु ४ अर्व ७० करोड रकम बरावरको इकाई निष्काशन तथा ३० वटा कम्पनीको रु १७ अर्व ५३ करोड रकम बरावरको हकप्रद शेयर निष्काशन गर्न अनुमति प्रदान गरेको छ ।

त्यसै गरी यस अवधिमा बोर्डले संगठित संस्थाकोे मुनाफाबाट भएको बचत वा जगेडा कोषलाई पूँजीकरण गरी अतिरिक्त शेयरको रुपमा विद्यमान शेयरधनीहरुलाई प्रदान गरिने ३० वटा संगठित संस्थाहरुको रु ७ अर्व ८२ करोड रकम बरावरको बोनस शेयर दर्ता गरिएको छ जबकी गत आ.ब.को यस अवधिमा ५२ वटा कम्पनीको रु १० अर्ब ८९ करोड रकम बरावरको बोनस शेयर दर्ता गरिएको थियो ।

सार्वजनिक निष्काशन अनुमति दिने प्रकृयालाई छिटो छरितो (फास्ट ट्रयाक) रुपमा सम्पन्न गर्न बोर्डले सार्वजनिक रुपमा प्रतिवद्धता गरे अनुसार धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ तथा धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका २०७४ले तोकेका सम्पूर्ण विवरण तथा कागजात प्राप्त भएको मितिले सात कार्यदिनभित्र निवेदन साथ संलग्न विवरण तथा कागजातमा अवश्यकता अनुसार सुझाव दिने र तत्पश्चात सुझाव अनुसार आवश्यक सुधार गरी विवरण तथा कागजात प्राप्त भएको पाँच कार्यदिनभित्र निष्काशन अनुमति प्रदान गर्दै आएको छ ।

यसरी अनुमति दिने व्यवस्थालाई फास्ट ट्रयाकको रुपमा गरिएकोले यस अवधिमा १५ वटा संस्थाले आईपीओ निष्काशनको लागि आवेदन दिएकोमा ५ कम्पनीको विवरणपत्र तथा अन्य कागजातहरुमा अध्ययनको क्रममा रहेको र १० वटा कम्पनीहरुको विवरणपत्रमा आवश्यक सुधार एवं संशोधनका लागि लेखी पठाइएकोमा सम्बन्धित संस्थाबाट प्राप्त हुन बाँकी रहेको छ । त्यसै गरी १७ कम्पनीले हकप्रद शेयर निष्काशनको लागि अनुमतिका लागि आवेदन गरकोमा ३ वटा संस्थालाई हकप्रद निष्काशन अनुमति प्रदान गर्ने प्रकृया अन्तिम चरणमा रहेको छ भने ३ वटा संस्थाको प्रत्युत्तर हालै प्राप्त भई सोको जाँचबुझ भईरहेको छ र ११ वटा कम्पनीको “हकप्रद शेयर निष्काशन सम्बन्धी व्यवस्था तथा विवरणहरु” मा आवश्यक सुधार एवं संशोधनका लागि लेखी पठाइएकोमा सम्बन्धित संस्थाबाट प्राप्त हुन बाँकी रहेको छ । आवेदन गरेका १५ वटा संस्थाको आईपीओ निष्काशनको रकम रु ३ अर्व ९० करोड र १७ संस्थाको हकप्रद शेयर निष्काशनको रकम रु ११ अर्व ७६ करोड रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved