दोहोरो अंकको गिरावटपछि नेप्से ११ महिना यता कै न्यून बिन्दुमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 07, 2018 | 01:17:26 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको चौथो दिन आज बुधबार बजार परिसूचक नेप्से दोहोरो अंकले गह्तेको छ । आज नेप्से सूचक १२.०१ अंकले घटेर १३८२.०२ को बिन्दुमा पुगेर रोकिएको छ । यो बिन्दु ११ महिना यता कै न्यून बिन्दु हो । यस अघि गत चैत्र ६ गते नेप्से १३८२.१९ को बिन्दुमा पुगेको थियो । त्यसपछि आज सूचक चैत्र ६ गतेको भन्दा पनि कम भएको हो ।

आज कारोबारमा आएका १ सय ५२ कम्पनीका ७ लाख ४२ हजार १० कित्ता शेयर खरिद बिक्रिबाट २६ करोड ५५ लाख ६६ हजार ७ सय ३३ रुपियाँको कारोबार भएको छ ।

आज नेपाल बैंक लिमिटेडको सबै भन्दा धेरै ५ करोड १८ लाख रुपियाँको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा सिभिल्बंक, नेपाल लाइफ इन्स्योरेन्स, नबिल बैंक, सानिमा माई हाइड्रो लगायत रहेका छन् ।

आज गुहेस्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सका लगानीकर्ताले सर्बाधिक ६.१६ प्रतिशत कमाएका छन् । अन्य बढी कमाउनेमा सुर्योदय लघुवित्त, गुर्खाज फाइनान्स, अरुण काबेली पावर, कर्णाली विकास बैंक लगायत रहेका छन् ।

आज कालिका माइक्रोक्रेडिटका लगानीकर्ताले सर्बाधिक ४.१८ प्रतिशत गुमाएका छन । अन्य बढी गुमाउनेमा समिट माइक्रोफाइनान्स, नेपाल बैंक , मिर्मिरे माइक्रोफाइनान्स, बोटलर्स नेपाल लगायत रहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved