प्राइम लाइफले पायो १६० प्रतिशत हकप्रद बिक्रिको अनुमति, हकप्रदले समेत बोनस पाउने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 11, 2018 | 06:37:05 PM मा प्रकाशित

laxmi  sunrise bank

प्राइम लाइफ इन्स्योरेन्सको हकप्रद बिक्रि प्रस्ताव नेपाल धितोपत्र बोर्डबाट अनुमोदन भएको छ। इन्स्योरेन्सले १०० बराबर १६० कित्ता सेयर अर्थात १६० प्रतिशतका दरले हकप्रद बिक्रि गर्ने अनुमति पाएको हो। 

प्राइम लाइफले प्रति कित्ता एक सय रुपैयाका दरले ९७ करोड ६३ लाख रुपैयाँ बराबरको ९७ लाख ६३ हजार २०० कित्ता हकप्रद बिक्रि गर्न लागेको हो। इन्स्योरेन्सको सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा सिद्दार्थ क्यापिटल रहेको छ। 

कम्पनीले असार मसान्त सम्म कायम चुक्ता पुंजी ६१ करोड २ लाखको ३२.५ प्रतिशतका दरले हुन् आउने १९ करोड ८३ लाख १५ हजार बराबरको बोनस वितरण गर्ने प्रस्ताव गरेको छ। 

कम्पनीले १ सय ६० प्रतिशत हकप्रदले समेत प्रस्तावित बोनस पाउने भएकाले कम्पनीको बोनस शेयर दर समायोजन भई १२.५ प्रतिशत कायम हुने कम्पनिले जनाएको छ ।  

हाल इन्स्योरेन्सको चुक्ता पुंजी ६१ करोड २ लाख छ।  हकप्रद र बोनस सेयर वितरण पश्चात इन्स्योरेन्सको चुक्ता पुंजी १ अर्ब ७८ करोड पुग्नेछ। प्राइम लाइफले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ११ करोड ५१ लाख खुद मुनाफा गरेको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved