शेयरबजार लगातार राताम्मे, कारोबार २८ करोडमा खुम्चियो

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 21, 2018 | 01:20:45 PM मा प्रकाशित

laxmi  sunrise bank

शेयरबजार परिसूचक नेप्सेसंगै कारोबार रकम पनि खुम्चिएको छ। बाम सरकार गठनपछि गति लिने अपेक्षा बिपरित केहि दिन यता निरन्तर ओरालो लागेको शेयरबजार परिसूचक ९.६४ अंकले घटेर १३८७ को बिन्दुमा आइपुग्दा कारोबार रकम २८ करोडमा खुम्चिएको छ। 

बुधबार कारोबारमा आएका १४५ कम्पनिका ७ लाख १३ हजार शेयर खरिद बिक्रिबाट २८ करोड ५३ लाखको कारोबार भएको छ। बुधबारको कारोबारमा सबै उपसूचक घटेर बजार राताम्मे देखिएको छ।  

आजको कारोबारमा ओम डेभलपमेन्ट बैंक, राष्ट्रिय बिमा कम्पनि, प्राइम लाइफ इन्स्योरेन्सको कारोबार बढी भएको छ। त्यस्तै सुर्योदय लघुवित्त, स्वदेशी लघुवित्तका शेयरधनिले प्रति कित्तामा ३५ र ७ रुपैयाँ कमाउदा युनाइटेड मोदी हाइड्रो, ग्लोबल आइएमई लघुवित्त र अरुण फाइनान्सले प्रति कित्ता क्रमश १२, ५७ र ५ रुपैयाँ गुमाएका छन। 

बाम गठबन्धनको सरकार बनेको दिन ३६ अंकले बढेको शेयरबजार परिसूचक त्यसदिन यता निरन्तर ओरालो लागेको छ। लगानीकर्ताको मनोबल उकास्ने तथा शेयरको माग र आपूर्तिको सन्तुलन कायम गर्ने वातावरण नबन्दा शेयरबजारले गति लिन नसकेको विश्लेषण गरिएको छ।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved