नेपाल बैंकको साधारणसभा आज, एफपिओ प्रस्ताव पेश हुने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 09, 2018 | 08:22:10 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंक लिमिटेडले आज फागुन २५ गते साधारणसभा डाकेको छ  । साधारणसभा काठमाडौँको एपीएफ क्लब हल्चोकमा हुने छ  ।

साधारणसभामा एफपिओ निष्काशन सम्बन्धि प्रस्ताव पेश हुने छ  ।  बैंकको माघ २३ गते बसेको संचालक समितिको बैठकले चुक्ता पुंजी वृद्धि गर्न प्रिमियम मूल्यमा १ अर्ब ७६ करोड ८४ लाख ८५ हजार ८ सय रुपैयाँ बराबरको एक करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपिओ जारी गर्ने प्रस्ताव गरेको थियो ।

बैंकले सोहि प्रस्ताव साधारणसभामा लैजान लागेको हो  ।

साधारणसभाले एफपिओको निष्काशन गर्न अपनाउनुपर्ने सम्पूर्ण विधि, प्रकृया र मूल्य निर्धारण, धितोपत्र निष्कासन गर्ने बिक्री प्रवन्धक तोक्ने लगायतका प्रक्रिया अगाडि बढाउन संचालक समितिलाई अख्तियारी दिने छ ।


राष्ट्र बैंकले तोकेको न्यूनतम आठ अर्ब चुक्तापूँजी पुर्याईसकेपछि बैंकले थप सार्वजनिक निष्कासन एफपिओ जारी गर्ने तयारी गरेको हो  । हाल बैंकको चुक्ता चुक्ता पूँजी आठ अर्ब चार करोड २६ लाख रुपैँया रहेको छ । एफपिओ पश्चात बैंकको बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड ११ लाख ४८ हजार रुपैयाँ पुग्नेछ । बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा एक अर्ब ६३ करोड ८४ लाख खुद नाफा कमाएको छ ।

 हाल बैंकमा सरकारको सेयर स्वामित्व  ६२.३८ प्रतिशत छ । एफपिओपछि सरकारको स्वामित्व ५१ प्रतिशतमा झर्ने छ  । त्यस्तै एफपिओपछि सर्वसाधारणको ३८ प्रतिशतबाट बढेर ४९ प्रतिशत पुग्नेछ । 

सधारणसभा प्रयोजनको लागि बैंकले फागुन ९ देखि २५ गतेसम्म बैंकले बुक क्लोज गर्ने जनाएको छ । फागुन ८ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved