दोर्दीखोला हाइड्रोले दियो धितोपत्र बोर्डलाई ठाडो चुनौती, सर्वसाधारणलाई २० लाखसम्मको आइपीओ अफर

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 04, 2018 | 09:53:54 AM मा प्रकाशित

laxmi  sunrise bank

दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेडले नेपाल धितोपत्र बोर्डमा दर्ता नगरी शेयरमा लगानी गर्न सार्वजनिक सूचना प्रकाशित गरेको प्रति नेपाल धितोपत्र बोर्डले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। 

बोर्डले चैत १८ गते एक बिज्ञप्ति जारि गर्दै कम्पनिको नाम नै नतोकी दोर्दीको कदम गैरकानुनि भएको बताएको हो। नाम नतोकीए पनि उक्त बिज्ञप्ति दोर्दी जलबिद्युतलाई केन्द्रित गरि जारि गरिएको बोर्डले बिजपाटिलाई जानकारी दिएको छ। 

'धितोपत्र बोर्डमा दर्ता नगरी साधारण सेयरमा लगानी गर्न सुचना प्रकाशित गरिएको पाइएकाले बोर्डले बिज्ञप्ति जारि गरेको हो' बोर्डका सहप्रवक्ता निरंजय घिमिरेले भने, 'नाम तोकिएपनि बोर्डले दोर्दीलाई नै केन्द्रित गरि बिज्ञप्ति जारि गरेको हो।'

धितोपत्र सम्वन्धी प्रचलित कानुन बमोजिमको प्रक्रिया पुरा नगरी सर्वसाधारण समक्ष धितोपत्र विक्री गर्ने कार्य गैरकानुनी भएकोले वोर्डमा दर्ता गरी विवरणपत्र प्रकाशन गरेर मात्र धितोपत्रको सार्वजनिक निष्काशन गर्न सम्वन्धित सम्पूर्ण सगठित संस्थाहरुलाई सूचित समेत गरेको बोर्डका  सहप्रवक्ता घिमिरेको भनाई छ। 

गैरकानुनी ढंगवाट सार्वजनिक निष्काशन गरिएका धितोपत्रहरुमा लगानी गर्दा लगानीकर्ताहरुको लगानी जोखिममा पर्न सक्ने हुनाले यस्ता धितोपत्रहरुमा लगानी नगर्न नगराउनको लागि समेत आफुहरुले सर्वसाधारणलाई सतर्क गराएको बोर्डको भनाई छ। 

वोर्डले विगतमा यस्ता गैर कानुनी ढंगवाट सार्वजनिक रुपमा धितोपत्र निष्काशन गर्न लागेका शाहस उर्जा लिमिटेड र युनिभर्सल पावर लिमिटेडलाई समेत धितोपत्र निष्काशन गर्न रोक लगाएको थियो। यद्दपी ती दुवै कम्पनि अहिले कानुनि प्रक्रिया आइसकेको धितोपत्र बोर्डका सहप्रवक्ता घिमिरेले स्पष्ट पारेका छन।  


दोर्दीको गैरकानुनि काम कसले रोक्ने ?
धितोपत्र बोर्डको भनाईलाई आधार मान्ने हो भने दोर्दीले अहिले गैरकानुनि काम गरिरहेको छ। दोर्दीले सार्वजनिक सूचना जारि गरेनै सर्वसाधारण नेपाली नागरिकलाई साधारण सेयर बिक्रि गरिरहेको छ। दोर्दीले न्युनतम २०,००० (बिस हजार) र अधिकतम २०,००,००० (बिस लाख) सम्मको साधारण शेयर किन्न पाउने गरि सूचना सार्वजनिक गरेको छ। आबेदन भर्नका लागि दोर्दीले जनता, सिभिल र बैंक अफ काठमान्डू बैंकका विभिन्न खाता नम्बर समेत उपलब्ध गराएको छ।

दोर्दीले सार्वजनिक गरेको सूचनामा भनिएको छ, 'सरोकार समितिको माग बमोजिम नेपाली नागरिकहरुले मात्र भर्न पाउनेगरि यो शेयर वितरण भईरहेकाले कम्पनिले रकम पुग्ना साथ जुन सुकै समयमा यो शेयर बन्द गर्न सक्नेछ र माग गर्नुहुने सबैले माग गरेकै रकमको पुरै शेयर उपलब्ध गराइनेछ।'     

त्यसो त दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेडले आईपिओ निष्कासनको प्रस्ताव राखेर चैत २८ गते साधारण सभा बोलाएको छ। कम्पनीले सार्वजनिक गरेको सूचना अनुसार कम्पनिले लम्जुङमा १२ मेगावाटको दोर्दीखोला आयोजना निर्माण गरिरहेको छ। 

आयोजनाको अनुमानित लागत २ अर्ब २९ करोड रुपैयाँ छ । उक्त आयोजनामा सानिमा बैंकको नेतृत्वमा लक्ष्मी बैंक,कृषि विकास बैंक, कैलाश विकास बैंक लगायतले एक अर्ब ४० करोडको ऋण लगानी छ । आयोजना आउदो डेढ वर्षमा सम्पन्न हुने लक्ष्य कम्पनीको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved