प्रभु बैंक हकप्रद शेयर बाँडफांड, अवितरित २३ लाख २६ हजार कित्ता लिलाम गर्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 16, 2018 | 08:49:26 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंकले रितपुर्वक आवेदन दिने शेयरधनीहरुलाई हकप्रद बाँडफांड गरेको छ । बैंकले माघ ७ देखि फागुन २३ गतेसम्म  १० बराबर ४ कित्ता शेयर अर्थात ४० प्रतिशतका दरले हकप्रद निष्काशन गरेको थियो ।  

 २ करोड ३५ लाख २५ हजार ६९८ कित्ता हकप्रद बिक्रिमा राखिएकोमा रितपुर्वक आवेदन दिएका शेयरधनीलाई २ करोड ११ लाख ९९ हजार ३ सय २१ कित्ता हकप्रद बाँडफांड गरिएको बिक्रि प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ । 

अब कम्पनीले छिट्टै बिक्रि नभएका २३ लाख २६ हजार २ सय ८७ कित्ता शेयर लिलाम गर्ने छ ।  

 हाल बैंकको चुक्ता पुंजी ५ अर्ब ८८ करोड रहेकोमा ४० प्रतिशत हकप्रदपछि चुक्ता पुंजी ८ अर्ब २४ करोड पुग्ने छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved