बुक क्लोजको ४ महिना बितिसक्दा पनि देबले किन बोलाएन साधारणसभा, के छ कानुनी ब्यबस्था ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 18, 2018 | 09:25:38 AM मा प्रकाशित

laxmi  sunrise bank


देब विकास बैंकले लाभांश प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका (बूक क्लोज) गरेको ४ महिना बिती सक्दा पनि साधारणसभा नहुँदा लगानीकर्ता अन्यौलमा परेका छन। बुक क्लोजको यति नै समयपछी साधारणसभा हुनुपर्छ भन्ने कुनै कानुनि व्यवस्था नभएपनि बुक क्लोजको १५ दिनपछि साधारणसभा गर्ने प्रचलन छ । सबै कुरा कानूनमा नलेखिने हुँदा प्रचलन पनि कानूनको स्रोत हुने भएकाले समयमै साधारणसभा नबोलाउनु कानुनि बिपरित नभएपनि प्रचलन बिपरित भएको देखिएको छ। 

देबले साधारणसभा प्रयोजनार्थ २०७४, कात्तिक २३ देखि कात्तिक २९ सम्म बुक क्लोज गर्ने निर्णय गरेको थियो। १७.१ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९ प्रतिशत नगद लाभांश दिने प्रस्ताब गरेको छ। बूक क्लोज गरेको हिसाबले समयमै साधारणसभा भएको भए अहिलेसम्म बोनस शेयर सूचीकरण भईसकेको हुन्थ्यो। 

बैंकले प्रस्ताब गरेको १७.१ प्रतिशत बोनस शेयरको बुक क्लोज भएकाले मूल्य समायोजन भईकन ४० प्रतिशत हकप्रद समेत बिक्रि गरिरहेको छ। बैंकले २०७४ चैत २६ देखि बैशाख ३० सम्मका लागि ४० प्रतिशत हकप्रद बिक्रि गरिरहेको छ।

देबले समयमै साधारणसभा नगर्दा ४ महिना भन्दा बढी समय लगानीकर्ताको सम्पति बन्धक भएको छ। तर यसबारे लगानीकर्ताको हितका लागि स्थापना भएका लगानीकर्ता संघहरुले एक शब्द समेत खर्चिएको देखिएको छैन। धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा ९०(१) (क) मा धितोपत्र सार्वजनिक निष्कासन गरेका कम्पनीले प्रचलित कानून बमोजिम बोलाउनुपर्ने साधारणसभा निर्धारित समयमा नबोलाएमा त्यस्तो कम्पनीलाई साधारणसभा बोलाउन आदेश दिन सक्ने अधिकार भएपनि धितोपत्र बोर्डसमेत केहि बोल्न सकेको छैन।

सूचीकृत कम्पनीको साधारणसभा बेलैमा नहुनु सामान्य बनिरहेकोमा साधारणसभाकै लागि भनेर बूक क्लोज गरेको देबले लामो समयसम्म साधारणसभा नगर्नु र साधारणसभा कहिले हुन्छ भनेर जानकारीसमेत नदिनु गैरजिम्मेवारीपना र निर्लज्जता भएको कानुनविद एवं शेयर विश्लेषक ज्योति दाहालको भनाई छ। 

उता बैंकले आफ्नो कारणले नभई राष्ट्र बैंकको कारणले गर्दा साधारणसभा बोलाउन नसकिएको दाबी गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकमा पेश गरेको ब्यालेन्स सिट स्वीकृत नहुँदा समयमै साधारणसभा गर्न नसकिएको बैंकले जनाएको छ। हाल बिक्रि भई रहेको ४० प्रतिशत हकप्रद बाँडफाँड भएपछी मात्र प्रस्तावित ब्यालेन्स सिट स्वीकृत हुने राष्ट्र बैंकले जवाफ रहेको देब बिकास बैंकका कम्पनि सचिब सागर ताम्राकारले बिजपाटीलाई बताएका छन।

देबले ४० प्रतिशत हकप्रद बिक्रि प्रयोजनार्थ फागुन १७ गते बुक क्लोज गरेकाले फागुन १६ सम्म कायम शेयरधनिहरुले हकप्रद भर्न पाउनेछन। त्यस्तै साधारणसभा प्रयोजनार्थ कात्तिक २३ देखि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय भएकाले कात्तिक २२ सम्म कायम शेयरधनीहरुले मात्र साधारणसभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन।

४० प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात देबको चुक्ता पूंजी २ अर्ब २८ करोड पुग्नेछ। देबले साझा विकास बैंक र युनियन फाइनान्सलाई प्राप्ति गरी कात्तिक २३ देखि एकीकृत कारोबार थालेको छ भने सर्लाही केन्द्रित साहारा विकास बैंकलाई प्राप्ति गर्ने सम्झौता गरेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved