तिब्र उतारचढाव देखिएको बजारमा दोहोरो अंकको गिरावट, डेढ अर्व बढीको कारोबार

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 23, 2018 | 02:44:24 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो दिन आज सोमबार बजार परिसुचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक २७.६४ अंकले घटेर १४१०.८५ को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १७० कम्पनीका ३१ लाख १४ हजार ६ सय १८ कित्ता शेयर खरिद बिक्रिबाट १ अर्ब ५१ करोड ९९ लाख ४२ हजार ८ सय १५ रुपैयाको कारोबार भएको छ ।

आज कारोबारमा आएका सबै समुहगत सूचक घटेका छन् । जसमा इन्स्योरेन्स समुह सबै भन्दा धेरै ८८ अंकले घटेको छ । 

आज नेपाल बैंक लिमिटेडको सबै भन्दा धेरै ९ करोड ५९ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा राष्ट्रिय बिमा कम्पनी संस्थापक शेयर, राष्ट्रिय बिमा कम्पनी, फरवार्ड माइक्रोफाइनान्स, नेशनल लाइफ इन्स्योरेन्स लगायत रहेका छन् ।

आज स्वदेशी लघुवित्तका लगानीकर्ता सर्बाधिक ९.९५ प्रतिशत कमाएका छन् भने मिसन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.५७ प्रतिशत कमाएका छन् । त्यस्तै भार्गव विकास बैंकका लगानीकर्ताले ७.६९ प्रतिशत, वल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका लगानीकर्ताले ६.२५ प्रतिशत कमाएका छन् ।

यस दिन राधी बिद्युतका लगानीकर्ताले सर्बाधिक ६.६९ प्रतिशत गुमाएका छन् भने तारागाउँ रेजेन्सी होटेललेका लगानीकर्ताले ६.३६ प्रतिशत गुमाएका छन् । त्यस्तै सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ६.०४ प्रतिशत तथा हाथवे फाइनान्सका लगानीकर्ताले ५.६६ प्रतिशत गुमाएका छन् । 

बजार खुलेको १५ मिनेट मै २० अंकले बढेको बजारमा त्यस पछि भने तिब्र उतार चढाव आएको हो 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved