सिद्दार्थ इन्स्योरेन्स र ओमी माइक्रोफाइनान्सले पाए हकप्रद निष्काशनको अनुमति, कसको कति?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 06, 2018 | 12:15:25 PM मा प्रकाशित

laxmi  sunrise bank

  सिद्दार्थ इन्स्योरेन्स र ओमी माइक्रोफाइनान्सले हकप्रद निष्काशनको अनुमति पाएका छन् । धितोपत्र बोर्डले बैशाख २० गते दुवै कम्पनीलाई हकप्रद निष्काशनको अनुमाति दिएको हो । 

 सिद्दार्थ इन्स्योरेन्सले १०:३.५ को अनुपातमा ३५ प्रतिशत हकप्रद निष्काशनको अनुमति पाएको हो  । अब कम्पनीले २२ करोड ४४ लाखको २२ लाख ४४ हजार ९ सय ७३ कित्ता हकप्रद निष्काशन गर्ने छ । कम्पनीको बिक्रि प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।

हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पुंजी ८६ करोड ६० लाख पुग्ने छ । 

त्यस्तै ओमी माइक्रोफाइनान्सले १०:३ को अनुपातमा ३० प्रतिशत हकप्रद निष्काशनको अनुमति पाएको हो ।अब  कम्पनीले २ करोड ३३ लाख २८ हजारको २ लाख ३३ हजार २ सय ८० कित्ता हकप्रद निष्काशन गर्ने छ। कम्पनीको बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटल रहेको छ । हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पुंजी १० करोड १० लाख पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved