कामना सेवा विकास बैंकको लिलामको शेयरमा आवेदन दिने आज अन्तिम दिन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 15, 2018 | 07:46:22 AM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंकले बैशाख २४ गतेदेखि लिलाममा राखेको शेयरमा आवेदन दिने आज जेठ १ गते अन्तिम दिन रहेको छ  । बैंकले हकप्रदमा अवितरित ८ लाख ४९ हजार ९ सय ६३ दशमलव ७७ कित्ता शेयर लिलाममा राखेको हो । बैंकले  गत माघ १५ गतेदेखि चैत ५ गतेसम्म १५ प्रतिसत हकप्रद निष्काशन गर्दा बिक्रि नभएका  शेयरहरु लिलाम गरेको हो हो  ।

बैंकले निष्काशन गरेको ३० लाख ९४ हजार १५४ कित्ता हकप्रदमध्ये आवेदन दिने ३२ हजार २२२ आवेदकलाई २२ लाख ४४ हजार १९१ कित्ता हकप्रद बाँडफाँड भईसकेको छ । बैंकले  ३१ गतेसम्मको लाही लिलाम खोलेको भएपनि ३० गते आइतबार सार्बजनिक बडा परेकोले लिलाममा आवेदन दिने मेड एक दिन थप गरिएको हो  । लिलाममा आएका शेयर मध्ये ६ लाख ३७ हजार ८ सय १६ दशमलव ९३ कित्ता शेयर संस्थापक समुहको रहेको छ भने बाँकि २ लाख १२ हजार १ सय ४६ दशमलव ८४ कित्ता सर्वसाधारण तर्फको रहेको छ ।

लगानीकर्ताले बिक्रि प्रबन्धक एनएमबि क्यापिटलको कार्यालय नागपोखरी काठमाडौँ, तथा कामना विकास बैंकको शाखाहरु ज्ञानेश्वर काठमाडौँ, पुष्पलाल पार्क बुटवल, सृजना चोक पोखरा, लायन्सचोक नारायणगढबाट आवेदन दिन सक्ने छन् । त्यस्तै एनएमबि बैंकको बिराटनगर, बिरगंज, नेपालगंज, सुर्खेत र नारायणगढ शाखाहरु बाट पनि आवेदन दिन सक्ने छन् ।

इच्छुक बोलकबोलदाताले न्युनतम १०० रुपियाँ भन्दा कम नहुने गरी न्युनतम १०० कित्ताको लागि आवेदन दिनु पर्ने छ । संस्थापाक शेयरको हकमा भने संस्थापक लगानीकर्ताले मात्र आवेदन दिन पाउने छन् । 

१५ प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी २ अर्ब ३६ करोड पुग्नेछ। हाल हाल बैंकको चुक्ता पुंजी २ अर्ब ५ करोड छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved