नीति तथा कार्यक्रममा पुंजीबजारबारे के आयो नयाँ कुरा ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 21, 2018 | 03:43:06 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल सरकारको आर्थिक बर्ष २०७५/७६ को नीति तथा कार्यक्रम आज सोमबार सार्वजनिक भएको छ । मन्त्रिपरिषदको आइतबारको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दिउँसो ४ः०० बजे सरकारको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त सदनलाई सम्बोधनमार्फत प्रस्तुत गर्ने सम्बन्धी प्रस्ताव स्वीकृत गरेको थियो  ।  सोहि अनुसार राष्ट्रपति भण्डारीले सोमबार दिउँसो बस्ने दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् ।

पुंजीबजारबारे के छ नीति तथा कार्यक्रममा ? 

-अर्थतन्त्रको संरचना परिवर्तन गरिने छ 

-पाँच बर्षभित्र बिप्रेषण र आयातमा आधारीत अर्थतन्त्रलाई उत्पादनमा आधारित बनाइने छ ।

-गैर आवसीय नेपालीको पूँजी उपयोग गर्न उत्प्रेरीत गरिने छ  ।

-श्वेतपत्रले अर्थतन्त्र कठिन मोडमा रहेको देखाएकाले श्वेतपत्रले देखाएका समस्याको ठोस समाधान खोजिने छ ।

-वित्तीय अनुशासनमा कडाई गरिने छ ।

-पुंजीबजारको विस्तार गरिने छ।

-आन्तरिक लगानीलाई परिचालन गरी गतिशील बनाईने छ ।

-विभिन्न संघ संस्थाको निष्क्रिय कोषमा रहेका रकमलाई उत्पादन मुलुक क्षेत्रमा परिचालन गरिने छ ।

-वित्तीय क्षेत्रका नियामक निकायहरुको क्षमता अभिवृद्धि गरिने छ ।

-नियमन निकायको सुपरिवेक्षणलाई प्रभावकारी बनाईने छ ।

-हरेक नेपालीलाई वित्तीय पहुचको सुनिश्चितता गरिने छ ।

-हरेक नागरिकको बैंक खाता सुनिश्चित गरिने छ ।

-सरकारी निजि तथा संगठित क्षेत्रबाट हुने भुक्तानी बैंक खाता बाट भुक्तानी गरिने छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved