शेयर मार्जिन कर्जामा साढे २ अर्ब बढाए बैंकहरुले, ओभरड्राफ्ट प्रकृतिको कर्जामा 'ओभर लिमिट'

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

May 25, 2018 | 07:57:28 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक बर्षको पहिलो नौं महिनामा मार्जिन प्रकृतिको शेयर कर्जा बढेको छ। चैत मसान्तसम्ममा बैंक वित्तीय संस्थाहरुको शेयर मार्जिन कर्जा दुई अर्ब ३० करोडले बढेर ४२ अर्ब ३० करोड पुगेको छ। जबकी असार मसान्तसम्म यस्तो प्रकृतिको कर्जा ४० अर्ब रुपैयाँ थियो। 

शेयर मार्जिन लगायत अन्य शिर्षकमा प्रवाह गरिएको कर्जाको रकम वृद्धि भएपनि नेपाल राष्ट्र बैंकले निरुत्साहित गरेका कारण ओभरड्राफ्ट, घरजग्गा, हायरपर्चेज र शेयरमार्जिन कर्जाको वृद्धिदरमा भने कमि आएको छ।

चैत मसान्त सम्म बैंक वित्तीय संस्थाहरुले प्रवाह गरेको शेयर मार्जिन कर्जा कुल कर्जामा १.८ प्रतिशत हो। जबकी असार मसान्तसम्म यसको अनुपात २ प्रतिशत थियो। शेयर मार्जिन कर्जामा बैंकहरुले लिएको महँगो ब्याजदर र राष्ट्र बैंकको निरुत्साहित नीतिका कारण शेयर मार्जिन कर्जाको वृद्धिदरमा गिरावट आएको हो।

त्यस्तै चैत मसान्तसम्म ओभरड्राफ्ट प्रकृतिको कर्जा ५० अर्बले बढेर ४ खर्ब ९ अर्ब पुगेको छ। ओभर ड्राफ्ट कर्जा कुल कर्जामा १७.७ प्रतिशत हो। बैंक वित्तीय संस्थाहरुलाई पुस मसान्तसम्म ओभरड्राफ्ट प्रकृतिको कुल कर्जा अनुपात १५ प्रतिशतमा राख्न नेपाल राष्ट्र बैंकले निर्देशन जारि गरिसकेको छ।   

चैत मसान्तसम्म बैंकहरुले कुल २० खर्ब ३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन। यस मध्ये ३३ अर्ब निष्कृय कर्जाको रुपमा छ। १९ खर्ब १७ अर्ब रुपैयाँ असल कर्जाका रुपमा रहेको छ। निष्कृय कर्जा मध्ये कमशल धितोमा १० अर्ब, शंकास्पद कर्जा अ अर्ब, खराब कर्जा १५ अर्ब र पुनरतालिकिकरण गर्नुपर्ने कर्जा १ अर्ब छ।

बैंकहरुको निक्षेप २३ खर्ब १२ अर्ब रुपैयाँ 

बाणिज्य बैंकहरुको निक्षेप २३ खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ। बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसनका अनुसार जेठ ४ सम्म बाणिज्य बैंकहरुमा ८० अर्ब रुपैयाँ बिदेशी र २२ खर्ब ३२ अर्ब स्वदेशी मुद्रा निक्षेप संकलन भएको छ।  गत बर्षको अवधिसँगको तुलनामा एक बर्षमा निक्षेप ३ खर्ब ५५ अर्बले बढेको छ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved