बजेट नजिकिदै गर्दा नेप्सेमा दोहोरो अंकको गिरावट, सूचक १३ सयको बिन्दुमा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 27, 2018 | 03:40:14 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको कारोबारको पहिलो दिन आज आइतबार बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक १७.८१ अंकले घटेर १३००.४१ को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १ सय ६१ कम्पनीका १० लाख २३ हजार ७ सय ३६ कित्ता शेयर खरिद बिक्रि बाट ३९ करोड ६८ लाख ६७ हजार ७ सय ५२ रुपैयाँको कारोबार भएको छ ।

आज ग्लोबल आईएमई बैंकको सबै भन्दा धेरै ४ करोड ६० लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा प्रभु इन्स्युरेन्स, सिद्दार्थ बैंक संस्थापक शेयर, नेपाल बैंक, एभरेस्ट बैंक लगायत रहेका छन् ।

आज रिलायन्स फाइनान्सका लगानीकर्ताले सर्बाधिक ७.०२ प्रतिशत कमाएका छन् भने प्रोग्रेशिभ फाइनान्सका लगानीकर्ताले सर्बाधिक ५.७४ प्रतिशत गुमाएका छन् ।

आज कारोबारमा आएका ट्रेडिङ बाहेकका सबै समूह सूचक घटेका छन् । लगानीकर्ताले बजेटको प्रतिक्षा गरिरहेको भनिएको बेला बजारमा गिरावट देखिएको हो। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved