सेन्ट्रल फाइनान्सको ९ लाख ८१ हजार कित्ता शेयर आजदेखि लिलाममा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 28, 2018 | 07:14:59 AM मा प्रकाशित

laxmi  sunrise bank

सेन्ट्रल फाइनान्स लिमिटेडले हकप्रदमा अवितरित संस्थापक शेयर आज जेठ १४ गतेदेखि लिलाम गर्दै छ । फाइनान्सले आज जेठ १४ देखि २१ गतेसम्मका लागि ९ लाख ८१ हजार ७०८.७२५ कित्ता संस्थापक शेयर लिलाम मार्फत बिक्रि गर्ने भएको हो। 

फाइनान्सले १०० बराबर ५० कित्ता शेयर अर्थात ५० प्रतिशतका दरले पुष २३ देखि फागुन १३ सम्म २६ लाख ३ हजार ३१४.०७५ कित्ता हकप्रद शेयर  बिक्रि खुला गर्दा अवितरित संस्थापक शेयर लिलाम मार्फत बिक्रि गर्न लागेको हो। फाइनान्सले अवितरित संस्थापक शेयर लिलाम मार्फत बिक्रि खुला गर्दा संस्थापक शेयरधनीबाट यस अघि पर्याप्त आबेदन नपरेकाले पुन: लिलाम मार्फत बिक्रि गर्न लागेको हो। यस पटक नेपाल राष्ट्र बैंकको प्राबधान पुरा गर्ने जो कोहि व्यक्ति, संघ, संस्था तथा कम्पनिले समेत बोलपत्र पेश गर्न पाउनेछन।  

इच्छुक बोलकबोल दाताले बिक्रि प्रबन्धक एनआर्इबिएल एस क्यापिटलको कार्यालय लाजिम्पाट तथा यसका शाखा कार्यालयहरु लालदरबार काठमाडौँ, लगनखेल, चिप्लेढुंगा पोखरा, ट्राफिक चोक बुटवल, आदर्शनगर बिरगंज, र गोल्छाचोक बिरगंजबाट आवेदन दिन सक्ने छन् ।  

त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालयहरु सुर्खेत, नेपालगञ्ज, नारायणगढ, र धनगढी तथा सेन्ट्रल फाइनान्सको केन्द्रिय कार्यालय कुपन्डोल ललितपुरबाट समेत बोलपत्र पेश गर्न सक्नेछन। जेठ २१ गते बैंकिङ समयभित्र आइपुग्ने गरि बोलपत्र पेश गर्नुपर्ने हुन्छ।     

इच्छुक बोलकबोल दाताले आफुले खरिद गर्न चाहेको शेयर संख्या र मूल्य प्रष्टसंग लेखि सो बराबरको रकम कम्पनीले तोकेको बैंक खातामा जम्मा गर्नु पर्ने छ। यसरी बोलपत्र पेश गर्दा न्युनतम १००० कित्ताको लागि प्रति कित्ता १०० रुपैयाँ भन्दा कम नहुने गरी बोलपत्र पेश गर्नु पर्नेछ। सबै भन्दा धेरै मूल्य कबुल गर्नेलाई शेयर वितरण हुनेछ।

आवेदन दिंदा बोलकबोलदाताले आफुले खरिद गर्न चाहेको शेयरको लागि आवश्यक रकम कुमारी बैंकमा रहेको एनआईबिएल एस क्यापिटल मार्केट्सको खाता ००१००१७४२४६००००१ मा जम्मा गर्नु पर्नेछ।

कम्पनीले हकप्रदले समेत पाउने गरी ८.५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ  ।  हकप्रद र प्रस्तावित बोनसपछि कम्पनीको चुक्ता पूँजी ८४ करोड ७३ लाख नाघ्नेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved