शुभम पावर लिमिटेडको आईपिओ आजबाट

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 03, 2018 | 07:35:18 AM मा प्रकाशित

laxmi  sunrise bank

शुभम पावर लिमिटेडले आयोजना प्रभावित स्थानीयको लागि आज जेठ २० गतेदेखि साधारण सेयर (आईपिओ) निष्कासन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र संखुवासभाका स्थानीयबासिन्दाका लागि २ करोड रुपैयाँ बराबरको २ लाख कित्ता आईपिओ निष्कासन गरेको हो ।

 आईपिओमा न्युनतम ५० देखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन सक्ने छन् । आईपिओमा  छिटोमा असार ३ र ढिलोमा असार २४ गतेसम्म आवेदन दिने सकिने छ । आइपियो बिक्रिको लागि सीबीआईएल क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

स्थानीयलाई आईपिओ बिक्रि गरेपछि कम्पनीले सर्बसाधारणलाई शेयर जारी गर्ने छ । स्थानीय र सर्वसाधारणलाई आईपिओ बिक्रि गरेपछि कम्पनीजी चुक्ता पुंजी  २० करोड रुपैयाँ पुग्ने छ ।  

कम्पनीले संखुवासभामा करिब एक मेगावाट क्षमताको पिलुवाखोला जलविद्युत आयोजना सम्पन्न गरी ०६८ साउन १ गतेदेखि बिजुली उत्पादन गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved