कसले माग्यो ब्रोकर कार्यालयमा प्रहरी सुरक्षा ? एशोसियसन भन्छ 'हामीले होइन'

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 05, 2018 | 12:56:53 PM मा प्रकाशित

laxmi  sunrise bank

सेयर लगानीकर्तासँग सम्बन्धित तीनवटा संगठनले ब्रोकरहरुलाई चेतावनीयुक्त पत्र लेखेपछि सरकारले सबै ब्रोकर कार्यालयमा सुरक्षा प्रदान गरेको छ । मंगलबार सबै ब्रोकर कार्यालयमा सुरक्षाको लागि प्रहरी तैनाथ गरिएका छन्  ।  

बोनस र हकप्रदमा शेयरको आधार मुल्यमै पुँजीगत लाभकर लिने निर्णयको बिरोध गर्दै लगानीकर्ता हरु आन्दोलनमा उत्रिएका छन् ।  नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ नेपाल, नेपाल पुंजीबजार लगानीकर्ता संघले संयुक्त रुपमा आन्तरिक राजश्व बिभागको निर्देशनले नीतिगत अन्यौल सृजना गरेको भन्दै यो निर्णय फिर्ता नहुन्जेलसम्मका लागि सम्पूर्ण लगानीकर्ताहरुलाई कुनै पनि किसिमको खरिद बिक्रि कार्यक्रममा सहभागी नहुन समेत आग्रह गरेका छन।   

लगानीकर्ता संघहरुले सोमबार पनि यस्तै आह्वान गरेका थिए । तर सोमबार नियमित जसो नै कारोबार भएको थियो । ब्रोकरले साथ नदिएपछि ३ वटै संघले सम्पूर्ण ब्रोकरहरुलाई चेतवानीयुक्त पत्र लेख्दै लगानीकर्ताको आव्हान विपरीत कसैले शेयर किनबेच गरेमा त्यसबाट उत्पन्न हुन सक्ने अप्रिय घटनाको जिम्मेवारी सम्बन्धित ब्रोकर कम्पनीले नै लिनुपर्ने जनाएको थियो।  



चेतवानीयुक्त पत्र पाएपछि ब्रोकरहरुले आवश्यक समन्वयको माग गरेका हुन्। स्टक ब्रोकर एशोसियसनका अध्यक्ष प्रियराज रेग्मीले बिजपाटीसंग भने ' चेतवानीयुक्त पत्र पाएपछि हामीले त्यसको जानकारी नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्चेन्ज र सिडीएससीलाई जानकारी गराएका थियौ ।  हामीले पत्रमा चेतावनीयुक्त पत्र पाएकोले यस बिषयमा आवश्यक समन्वय गरिदिन आग्रह गरेका हौ' । 

रेग्मीले आफुहरुले सिधै प्रहरी सुरक्षा माग नगरेको भए पनि हामीले पत्र पठाएको र त्यहाँबाट समन्वय भएर आएको हुन् सक्ने बताए ।   

उता लगानीकर्ताहरुको आह्वान र ब्रोकरलाई चेतवानीयुक्त पत्र पछि शेयर कारोबार ठप्प छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved