ज्योति विकास बैंकले किन्ने भयो हाम्रो विकास बैंक, नेप्सेमा कारोबार रोक्का

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 16, 2018 | 01:52:40 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति विकास बैंक लिमिटेडले क्षेत्रिय स्तरको हाम्रो विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने भएको छ । राष्ट्रिय स्तरको विकास बैंकको रुपमा कार्यरत ज्योति विकास बैंकले नुवाकोट जिल्लामा कार्यक्षेत्र रहेको हाम्रो विकास बैंक लिमिटेडलाई प्राप्ती गर्न लागेको हो ।

प्राप्ति सम्बन्धि सम्झौतामा ज्योति विकास बैंकका तर्फबाट संचालक समितिका अध्यक्ष हरि चन्द्र खड्का तथा हाम्रो विकास बैंकका तर्फबाट संचालक समितिका अध्यक्ष हरी प्रसादले हस्ताक्षर गरेका हुन् । शेयर स्वाप अनुपात हाम्रो विकास बैंकको डिडीए पश्चात आउने मूल्यलाई आधार मानी तय गरिने सम्झौतामा उल्लेख छ । 

ज्योति विकास बैंकको हालको चुक्ता पुंजी रु. २ अर्ब ५९ करोड ३६ लाख रहेको रहेको छ । त्यस्तै हाम्रो विकास बैंकको चुक्ता पुंजी रु ४९ कराड २२ लाख रहेको छ । ज्योति विकास बैंकले यस अघि झिमु्रक विकास बैंकसंग मर्जर र राप्तिभेरि विकास बैंकसंग प्राप्ती प्रक्रिया सम्पन्न गरी एकिकृत रुपमा कार्य संचालन गरी सकेको छ ।

ज्योतिले बैंकले हाम्रो विकास बैंकलाई प्राप्ति गर्ने भएसंगै नेपाल स्टक एक्चेन्जमा हाम्रो विकास बैंकको कारोबार रोक्का गरिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved