नयाँ नेपाल लघुवित्तले साउन २७ गतेदेखि हकप्रद निश्कासन गर्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 23, 2018 | 08:52:35 AM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ नेपाल लघुवित्तले साउन २७ गतेदेखि हकप्रद निश्कासन गर्ने भएको छ  । कम्पनीले १:२.५ को अनुपातमा २ सय ५० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । अब लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरले ६ लाख कित्ता हकप्रद शेयर बिक्री गर्ने छ ।

हकप्रद निष्काशनको प्रयोजनार्थ कम्पनीले श्रावण ७ गते एक दिनको लागि सेयर धनी दर्ता किताब बन्द गर्ने जनाएको छ । साउन ६ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न पाउने छन्  । लगानीकर्ताले भदौ ३१ गतेसम्म हकप्रद भर्न सक्ने छन्  ।

कम्पनीको हकप्रदले इक्रा नेपालबाट ग्रेड ५ को रेटिङ पाएको छ जसले कम्पनीको अवस्था कमजोर रहेको जनाउँछ ।

 हाल लघुवित्तको चुक्ता पूँजी २ करोड ४० लाख रुपैयाँ रहेको छ । हकप्रद निष्काशन पश्चात लघुवित्तको चुक्ता पूँजी ८ करोड ४० लाख रुपैयाँ पुग्नेछ । कम्पनीको बिक्रि प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved