सिटिजन्स बैंकको एफपिओमा १६ हजार ३ सय ७४ जना हात खाली हुदै, कहिले हुन्छ बाँडफांड ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 07, 2018 | 12:11:38 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंकको एफपिओमा १३.१५ गुणा बढी आवेदन परेको थियो  । बैंकले असार १५ गतेदेखि ९ करोड २७ लाख रुपैयाँ बराबरको ४ लाख ६३ हजार ८२६ कित्ता एफपीओ निष्काशन गरेको हो । बैंकले सय रुपैयाँ अंकित मूल्यमा १ सय प्रिमियम थप गरी प्रति कित्ता २ सय रुपैयाँमा एफपिओ निष्काशन गरेको हो  ।  

एफपिओमा ६२ हजार ७ सय ५६ जना आवेदकबाट १ अर्ब २२ करोड ६४ हजारको आवेदन परेको हो  । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले ६१ लाख ३ सय २२० कित्ताको लागि आवेदन परेको जनाएको हो । बढी आवेदन परेपछि गोलाप्रथाबाट शेयर बाँडफांड हुने पक्का भएको छ  ।  गोलाप्रथाबाट ४६ हजार ३ सय ८३ जनाले शेयर पाउने छन् भने १६ हजार ३ सय ७४ जना हात खाली हुने छन्  ।

क्यापिटलले सीआश्वाबाट आएका सबै आवेदन भेरिफाई भईसकेको र अब क्यापिटलको तर्फबाट आवेदनहरु अयोग्य रहे नरहेको हेर्न बाकी रहेको जानकारी दिएको छ । क्यापिटलले सबै आवेदन भेरीफाई गरेपछि यसै साता बाँडफांड गर्ने तयारी क्यापिटलको रहेको छ । क्यापिटलका एक उच्च अधिकारीले भने 'हामी यसै साता भित्र बाँडफांड गर्ने कोशिशमा छौ, केहि कारणवश यो साता सम्भव नभए अर्को सातासम्म पक्कै हुन्छ' ।  

  एफपीओ बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी ८ अर्ब ७ करोड पुग्नेछ। एफपीओ बिक्रिबाट बैंकको चुक्ता पुंजीमा ४ करोड ६३ लाख थपिनेछ भने प्रिमियम बापत प्राप्त रकम बैंकको जगेडा कोषमा जम्मा हुनेछ। संस्थापक र साधारण सेयर अनुपात ५१ः४९ कायम गर्न बैंकले एफपिओ निष्कासनको बिकल्प रोज्नुपरेको हो। हाल बैंकमा संस्थापकको ५१.२९ प्रतिशत तथा साधारण सेयरको ४८.७१ प्रतिशत सेयर अनुपात रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved