बैंकलाई ब्रोकर लाइसेन्स दिनेबारे अर्थमन्त्रीले बैंकर्ससंग छलफल गर्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 29, 2018 | 07:10:21 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा. युवराज खतिवडासंग नेपाल पूँजी बजार लगानीकर्ता संघका पदाधिकारीले भेट गरेका छन् । बुधबार भएको भेटमा संघका पदाधिकारीहरुले अर्थमन्त्री समक्ष पुँजीबजार सुधारका विभिन्न माग राख्दै हालसम्म भएका प्रगतिबारे जानकारी लिएका थिए । 

जवाफमा मन्त्री खतिवडाले  पूँजी बजारको विकास र विस्तारका लागि आफू भाषण भन्दा पनि काम गर्नतर्फ लागेको बताएका छन। त्यस्तै उनले पुँजीगत लाभकरको बारेको अन्योल ३-४ दिनमै टुंगो लगाउने आश्वासन दिएका थिए ।  

भेटमा अर्थमन्त्री डा. खतिवडाले बैंकलाई सहायक कम्पनी खोलेर ब्रोकरको काम गर्न दिने व्यवस्था कार्यान्वयन गर्न केही दिनमै आफूले बैंकर्सहरुसँग छलफल गर्ने पनि बताए । बैंकले ब्रोकर लाइसेन्स पाएपछि पुँजी बजारको पहुँच देशव्यापी हुने पनि स्मरण गराए । 

भेटमा संघले पुंजीबजारको सुधारको लागि विभिन्न माग समेत पेश गरेका थिए ।  दोस्रो बजार प्रविधि र लगानीमैत्री बनाउनुपर्ने, गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई सेयर बजारमा लगानी गर्न व्यवहारिकरुपमै वातावरण हुनु पर्ने, समयमै अनलाइन प्रणाली आउनु पर्ने लगायतका माग राखेका थिए । 

त्यस्तै संघले  दैनिक अर्बौको कारोबार हुने बजार अहिले करोड हुँदै लाखमा झरिसकेको, नियमित रुपमा बजार घट्दा लगानीकर्ताको घाटा बढ्दै गएको, दोस्रो बजार खस्किदा आईपिओ तथा एफपिओ समेत बिक्री हुन छाडेको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराएको थियो।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved