आँखुखोला हाइड्रो को आईपिओ भर्ने आज अन्तिम दिन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 31, 2018 | 08:32:40 AM मा प्रकाशित

laxmi  sunrise bank

आँखुखोला हाइड्रो पावरले स्थानीयको लागि निष्काशन गरेको आईपिओमा आवेदन दिने आज भदौ १५ गते अन्तिम दिन रहेको छ । कम्पनीले साउन १७ गतेदेखि आयोजना प्रभावित धादिङका स्थानीयहरूलाई साधारण सेयर (आइपीओ)  बिक्रि खुला गरेको थियो।  कम्पनीले  स्थानीय बासिन्दाका लागि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आइपिओको निष्काशन गरेको हो।

लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम ४ हजार कित्ता सम्मका लागि आवेदन दिन सक्ने छन।इच्छुक स्थानीयबासिले धादिङमा रहेका मुक्तिनाथ विकास बैंक, सिभिल बैंक र प्रभु बैंकका शाखा कार्यालय मार्फत आवेदन दिन सक्नेछन। साथै आँखुखोला हाइड्रो पावर कम्पनीको आयोजना स्थलको कार्यालय त्रिपुरासुन्दरी गाँउपालिका ४ रिङनेबजारमा पनि आवेदन दिन सकिने बिक्रि प्रबन्धक सिभिल क्यापिटल मार्केटले जनाएको छ । 

इक्रा नेपालले आँखुखोला जलविद्युत कम्पनी लिमीटेडको आर्इपिओ ग्रेड फाइभको ग्रेडिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको अवस्था औसत भन्दा कमजोर रहेको जनाउँछ । कम्पनीले स्थानीयलाई शेयर बिक्री गरेपछि आम सर्वसाधारणका लागि १२ करोड बराबरको १२ लाख कित्ता आर्इपिओ  जारी गर्नेछ ।  

आयोजनाको कुल लागत २४२.७३ करोड छ। जस अनुसार प्रति मेगावाट लागत २८.८९ करोड देखिन्छ। आयोजनामा साधारण लगानी फिर्ता हुने समयअवधि करिब ९ बर्ष रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved