सानिमा बैंकको संचालक समितिले गत आर्थिक बर्षको कमाईबाट १४ प्रतिशत नगद लाभांश दिने भएको छ। नेपाल राष्ट्र बैंकले सर्त सहित बार्षिक प्रतिवेदन स्वीकृत गरेपछि आज दिउँसो बसेको बैंकको संचालक समितिले १४ प्रतिशत नगद लाभांश दिने प्रस्ताब पारित गरेको हो।
८ अर्ब चुक्ता पुंजी पुर्याईसकेको सानिमा बैंकले एनएफआरएस अनुसार बुझाएको बार्षिक प्रतिवेदन राष्ट्र बैंकले आज मात्रै स्वीकृत गरेको हो। लगत्तै बसेको बैंकको संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट १४ प्रतिशत नगद लाभांश दिने प्रस्ताब पारित गरेको हो।
बैंकले उक्त सूचना नेपाल स्टक एक्सचेन्ज नेप्सेलाई समेत जानकारी गराइसकेको छ। नेप्सेले उक्त सूचना भोलि आफ्नो वेबसाइट मार्फत सर्वसाधारणमा जानकारी गराउनेछ। बैंकले पहिलो चरणको स्वीकृती पाएको हो तर बार्षिक साधारणसभाका लागि राष्ट्र बैंकबाट अन्तिम स्वीकृति लिनुपर्छ।
५ बाणिज्य बैंकको तिहारअघि नै लाभांश घोषणा
यस अघि बैंकले दशैंअघि साधारणसभा सक्दै आएकोमा अहिले पहिलोपटक लागू भएको 'एनएफआरएस' ले लाभांश घोषणामा ढिलाई भएको हो।एकै ढाँचा अनुसार नै बैंकहरुले वित्तीय बिबरण तयार पारेपनि त्यहाँ उल्लेख बिभिन्न शिर्षकका नोक्सानी व्यवस्थापन लगायतका बिषयमा एकरुपता नआएपछि राष्ट्र बैंकले प्रणालीमा नै एकरुपता ल्याउने कसरतले बैंकहरुको लाभांश घोषणामा ढिलाई भएको हो।
बिजपाटी डटकमले गत साता नै सानिमा लगायत ५ बाणिज्य बैंकले तिहारअघि नै लाभांश घोषणा गर्ने समाचार सार्वजनिक गरेको थियो। सानिमा बैंक सहित एभरेष्ट, नेपाल एसबिआई, सिद्दार्थ र नेपाल स्ट्याण्डर्ड चार्टड बैंकको प्रतिवेदन स्वकृतिको 'लाइन' मा छ। यी बैंकहरुले पनि तिहार बिदाअघि नै गत आर्थिक बर्षको लाभांश घोषणा गर्नेछन भने दोस्रो लटमा सिटिजन, एनएमबि, जनता, एनआइसी एसिया लगायतका बैंकहरुले लाभांश घोषणा गर्न सक्नेछन।