सेयर ब्रोकर मार्फत मार्जिन कारोबार गराउन निर्देशन, सहमतिमा ब्याजदर निर्धारण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2019 | 06:29:21 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले सेयरदलाल मार्फत मार्जिन कारोबार सुविधा उपलब्ध गराउन नीतिगत व्यवस्था गरेको छ। मार्जिन कारोबार सुविधा उपलब्ध गराउने कार्य कार्यन्वयनमा ल्याउन बोर्डले नेप्सेलाई निर्देशन समेत दिएको छ। 

धितोपत्र बोर्डका अनुसार ग्राहक र सेयरदलालबीच सम्झौतामा उल्लेख भए बमोजिम ऋणको ब्याजदर कायम हुनेछ। तर बोर्ड र नेप्सेलाई यसको  पूर्व जानकारी गराउनुपर्नेछ। 

मार्जिन कारोबार गर्दा लिईने ऋण बढी जोखिमपूर्ण हुने भएकाले यस्तो ऋण लिंदा हुने फाइदा र बेफाइदाबारे ग्राहकलाई पर्याप्त जानकारी दिन नेप्से र सेयरदलालले यससम्बन्धि सचेतनामुलक कार्यक्रम गर्नुपर्नेछ।

बोर्डको निर्देशनअनुसार मार्जिन कारोवार सुविधाको कार्यान्वयनलाई स्वच्छ, पारदर्शी तथा प्रतिस्पर्धी बनाउन नेप्सेले मार्जिन कारोवारको नियमित र सघन रुपमा सुपरीवेक्षण तथा अनुगमन गर्नुपर्नेछ। 

सेयर दलालले ग्राहकलाई उपलब्ध गराउने ऋणको व्याजदर सम्बन्धमा कुनै अस्वाभाविक स्थिति आएमा बोर्डले आवश्यक हस्तक्षेप (इन्र्टभेन्सन) तथा नियमन÷सुपरिवेक्षण गर्ने समेत व्यवस्था समेत गरिएको छ।

मार्जिन कारोवार सुविधा उपलव्ध भए पश्चात धितोपत्र व्यवसायको कार्य दायरा (स्कोप अफ वर्क) विस्तार हुने, लगानीकर्तालाई एकै ठाउँ (वन स्पट) वाट कारोवार सम्वन्धी सेवा प्राप्त हुने तथा दोस्रो वजार कारोवारमा तरलता अभिवृद्धि भई समग्र धितोपत्र वजारको विकास÷विस्तार हुने वोर्डको अपेक्षा रहेको छ । 

वोर्डले कार्तिक २०, २०७४ मा मार्जिन कारोवार सुविधा सम्वन्धी निर्देशन, २०७४ जारी गरेको थियो। र सोहि निर्देशनको पालना गर्दै नेप्सेले वैशाख १९, २०७५ मा “मार्जिन कारोवार सुविधा सम्बन्धी कार्यविधि, २०७५” तर्जुमा गरेको थियो। तर नीतिगत स्पष्टताको अभाबले अहिलेसम्म मार्जिन कारोबार सेवा कार्यन्वयनमा आउन सकेको थिएन।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved