छिमेक लघुवित्तलाई ४० प्रतिशत लाभांश बाड्ने बाटो खुल्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2019 | 02:18:33 PM मा प्रकाशित

laxmi  sunrise bank

अन्तत छिमेक लघुवित्त Chhimek Laghubitta Bittiya Sanstha Limited ले ४० प्रतिशत नै लाभांश बितरण गर्ने भएको छ। लघुवित्तलाई नेपाल राष्ट्र बैंकले पुर्व घोषणा अनुरुप नै ४० प्रतिशत लाभांश वितरण गर्ने अनुमति दिएको हो। 

यस अघि कम्पनीले प्रस्ताव गरेको लाभांश वितरणमा राष्ट्र बैंकले रोक लगाएको थियो। छिमेक समाज संस्था अन्तर्गत गरिएका लगानीहरु छिमेक लघुवित्त मै फिर्ता नल्याएसम्म राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाएको थियो  । राष्ट्र बैंकले भने अनुसार छिमेक समाज संस्थाको नाममा रहेको सबै प्रकारको सम्पत्ति तथा लगानी लघुवित्तको मातहतमा ल्याएर लघुवित्तले पुन राष्ट्र बैंकमा प्रस्ताव पेश गरेको थियो । सबै कैफियत सच्चाएर पुन आवेदन दिएपछि राष्ट्र बैंकले कम्पनीलाई लाभांश वितरण गर्ने अनुमति दिएको हो । 

अब छिमेकको साधारणसभाले पारित गरेपछि लगानीकर्ताले उक्त लाभांश प्राप्त गर्न सक्ने छन् । साधारणसभाबाट पारित भएपछि छिमेकले १८ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद लाभांश वितरण गर्ने छ ।  हाल लघुवित्तको चुक्ता पूँजी १ अर्ब रहेको छ ।  प्रस्तवित लाभांश वितरण पछि कम्पनीको चुक्ता पुंजी १ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।  



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved