गुराँस लघुवित्तको कारोबार खुला, कति तोकियो सुरुवाती रेन्ज ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2019 | 08:46:32 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेमा मंगलबारबाट गुराँस लघुवित्तको कारोबार खुला भएको छ  ।  कम्पनीको GLBSL  संकेतबाट कारोबार खुला भएको हो । कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले ९२.७२ देखि २७८.१६ सम्मको सुरुवाती रेन्ज तोकेको छ  । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको ३ गुणासम्मको रेन्ज तोक्ने गरेको छ । 



अब नेप्सेले तोकेको प्रि ओपन सेसन अर्थात ११ बजे भन्दा पहिले नै  पहिलो कारोबार भएर यो रेन्जबाट मूल्य तोकिएपछि ११ बजेपछि कम्पनीको शेयरको नियमित कारोबार हुनेछ  । यदि प्रि ओपन सेसनमा कारोबार नभएर मूल्य कायम नभएमा अर्को दिन पुन प्रि ओपन सेसनमा शेयरको कारोबार गर्नु पर्ने छ  ।  

सोमबार कम्पनीको ७ लाख ७५ हजार कित्ता आईपिओ सुचिकृत भएको हो  । कम्पनीले बैशाख १६ गतेदेखि  प्रति कित्ता १०० रुपैयाँका दरले दुई लाख ५० हजार कित्ता आइपीओ  निष्काशन गरेको थियो । 

आईपिओ निष्काशन पश्चात कम्पनीको चुक्ता पुंजी ७ करोड ७५ लाख पुगेको छ। लघुवित्त २०७३ सालमा स्थापना भई प्रदेश १ मा केन्द्रित रहेर त्यहाँका १० जिल्लामा २२ वटा शाखा मार्फत ११ हजार बढी सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved