सिडिएसमा १५ सय लगानीकर्ताका डेढ लाख कित्ता बढी शेयर अलपत्र, तपाइको पनि पर्यो कि ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 07, 2019 | 02:43:18 PM मा प्रकाशित

laxmi  sunrise bank

शेयरधनीहरुले इच्छा नदेखाउँदा सिडीएससीमा १५ सय बढी लगानीकर्ताको डेढ लाख कित्ता शेयरको प्रमाणपत्र थन्केर बसेको छ  । नेप्सेमा घरायसी तथा मृत्यु नामसारीका लागि निवेदन दिएकाहरुको शेयर प्रमाणपत्र नेप्सेमा थन्केर बसेको हो । 

सिडीएसका प्रबक्ता सुरेश न्यौपानेका अनुसार निवेदन दिएकाहरुको शेयर प्रमाणपत्र तयार भएको भए पनि उनीहरु लिन नआएका हुन् । १५ सय ४ जनाको प्रमाणपत्र थन्केर बसेको हो । सिडिएसले असार २१ गतेसम्म यी शेयर प्रमाणपत्र लिईसक्न आग्रह गरेको छ ।

सिडिएसमा प्रमाणपत्र थन्केका शेयरहरुमा सबै भन्दा धेरै कृषि विकास बैंकको छ । हाल कारोबार नै नहुने गोरखकाली टायर उद्योगका शेयर पनि यसमा छन्  ।

हेर्नुस तपाइको पनि पर्यो कि ?

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved