एनआईबिएल क्यापिटलको लालदरबार शाखा सर्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 10, 2019 | 02:51:23 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईबिएल एस क्यापिटलको काठमाडौँ स्थिति लालदरबारमा रहेको शाखा सरेको छ । कम्पनीले लालदरबारको शाखालाई  पुतलिसडकमा स्थानान्तरण गरेको छ  । नेपाल इन्भेस्टमेन्ट बैंकको पुतलीसडक शाखा रहेकै परिसरमा क्यापिटलको शाखा आएको हो । स्थानान्तरण गरिएको शाखा आजदेखि पूर्ण रुपमा सञ्चालनमा आएको कम्पनीले जनाएको छ । 

कम्पनीले मर्चेन्ट बैंकिङ्ग अन्तर्गतका सम्पूर्ण सेवाहरु तथा सामूहिक लगानी कोष सेवाहरु विभिन्न संस्थाहरु लगायत सर्वसाधारणहरुलाई प्रदान गर्दै आइरहेको छ । कम्पनीले निष्काशन तथा बिक्री प्रबन्ध, शेयर रजिष्ट्रेशन, धितोपत्र प्रत्याभूती, लगानी व्यवस्थापन, निक्षेप सदस्य र सामुहिक लगानी कोष अन्तर्गतका सेवा प्रदान गर्दै आएको छ ।कम्पनीको शाखा ललितपुरको लगनखेल, पोखराको चिप्लेढुङ्गा, विरगंज, विराटनगर र बुटवलमा पनि रहेको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved