नेपाल स्टक एक्सचेन्ज नेप्सेले शप्तकोशी डेभलपमेन्ट बैंक Saptakoshi Development Bank Limited को शेयर कारोवार रोक्का गरेको छ । कम्पनीले त्रैमासिक विवरणहरु नेप्सेलाई नबुझाएकोले कारोबार रोक्का गरिएको सूचीकरण शाखाले जनाएको छ ।
धितोपत्र सूचीकरण नियमावलीमा प्रत्येक कम्पनीले त्रैमासिक वढी सकिएको एक महिना भित्र काम कारवाही र वित्तीय विवरण सहितको प्रतिवेदन नेप्सेलाई उपलब्ध गराउनु पर्ने ब्यबस्था छ । तर कम्पनीले विवरण उपलब्ध नगराएकोले कारोबार रोक्का गरिएको हो ।