जनरल इन्स्योरेन्सको आईपिओ बाँडफाँड मंगलबार, ५ लाख बढीले शेयर नपाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 05, 2020 | 11:26:54 AM मा प्रकाशित

laxmi  sunrise bank

जनरल इन्स्योरेन्स कम्पनी General Insurance Company Nepal  ले निष्काशन गरेको आईपिओ भोली मंगलबार बिहान बाँडफाँड हुने भएको छ । बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले बिहान १०:३० बजे शेयर बाँडफाँड गर्ने तयारी गरेको हो । क्यापिटल फेसबुक पेज मार्फत लाइभ गरेर आईपिओ बाँडफाँड गर्न लागेको हो ।  

कम्पनीले प्रति शेयर एक सय अंकित दरको ३० लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो । जस मध्ये १ लाख २० हजार कित्ता शेयर कर्मचारीको लागि र १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषको लगी छुट्याईएको छ । बाँकि रहेको २७ लाख ३० हजार कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिएका हुन् । 

 कम्पनीको आईपिओमा ८ लाख बढीले आवेदन दिएका छन्।  धेरै माग भएकोले गोलाप्रथाबाट शेयर बाँडफाँड हुने छ र  २ लाख ७३ हजार जनाले मात्र शेयर पाउने छन् । यस हिसाबमा ५ लाख बढी आवेदक हात खाली हुने छन् । कुनै पनि आईपिओमा ८ लाख बढीले आवेदन दिएको यो नै पहिलो पटक हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved