७ लाखले भरे सानिमा जनरलको आईपिओ, ४ लाख बढीको हात रित्तै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 09, 2020 | 06:27:13 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा जनरल इन्स्योरेन्स Sanima General Insurance Company ले निष्काशन गरेको आईपिओमा तेस्रो  दिनसम्ममा  माग भन्दा ६ गुणा बढीको आवेदन परेको छ । आज साँझ ६:१५ सम्ममा ७ लाख ५३ हजार ८  सय ३७  जना आवेदकले १ करोड ६४ लाख २६ हजार  ९ सय २० कित्ताको आवेदन परेको हो ।

यो माग भन्दा  ६.०१७ गुणा बढी हो । कम्पनीले असोज २१ गतेदेखि प्रति शेयर १ सय अंकित दरले हुने ३० करोड बराबरको ३० लाख कित्ता आईपिओ निष्काशन गरेको हो । जस मध्ये १ लाख २० हजार कित्ता कर्मचारीको लागि र १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ ।  बाँकि रहेको २७ लाख ३० हजारको कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । 

सानिमा जनरल इन्स्योरेन्सको आईपिओ 'रिभ्यु': हाईप्रोफाइल प्रमोटर, ३ वर्षपछि मात्र लाभांश

कम्पनीको आईपिओमा असोज २५ गतेसम्म आवेदन दिन सकिने छ ।  आईपिओमा न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सकिने छ ।  तर कम्पनीको आईपिओमा गोलाप्रथाबाट २ लाख ७३ हजारले मात्र पाउने भएकोले १० कित्ता भन्दा बढीको लागि आवेदन दिनु उपयुक्त देखिदैन ।   

कम्पनीले आइपीओ निष्कासनको लागि  एनआईसी एशिया क्यापिटल लिमिटेडलाई बिक्रि प्रबन्धका नियुक्त गरेको छ ।  हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको छ । सर्वसाधारण शेयर निष्काशन गरे पश्चात कम्पनीको चुक्ता  पूँजी एक अर्ब रुपैयाँ पुग्ने छ ।कम्पनी हाल घाटामा रहेको छ भने आर्थिक ७९.८० बाट मात्र लाभांश दिन सक्ने देखिन्छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved