समता लघुवित्तको साधारणसभा आह्वान, १६ वटा प्रस्ताव पेश हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 04, 2020 | 11:32:40 AM मा प्रकाशित

laxmi  sunrise bank

समता लघुवित्त Samata Microfinance Bittiya Sanstha  ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस १४ गते मंगलबार सिमराको बारमा रहेको होटेल क्लासिक प्रालिमा सभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विभिन्न १६ प्रस्ताव पेश हुने छ । कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ६.३२ प्रतिशत नगद लाभांश गरी कुल २६.३२ प्रतिशत लाबहंश प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी १९ करोड ११ लाख रहेको छ ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ । कम्पनीले साधारणसभाको लागि पुस ५ गतेदेखि १४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस २ गतेसम्म कायमसम्म शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन्  । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने अन्य प्रस्ताव : 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved