आधिकारिक निर्णय अगावै सूचना चुहाए कम्पनीको कारोबार रोक्का गर्ने बोर्डको चेतावनी, दियो यस्तो निर्देशन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 26, 2017 | 05:52:31 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले दोस्रो बजारमा सुचिकृत कम्पनीहरुसंग सम्बन्धित सुचनाहरु आधिकारिक रुपले निर्णय गरेर मात्र सार्वजनिक गर्न निर्देशन दिएको छ। आधिकारिक निर्णय हुनु अगावै संस्थाका उच्च अधिकारीबाट सूचना बाहिरिंदा धितोपत्र बजार मूल्यमा प्रभाव पर्ने र यसबाट लगानीकर्तालाई नोक्सानी हुन सक्ने भन्दै बोर्डले यस्तो निर्देशन जारि गरेको जनाएको छ।


सूचना तथा जानकारीहरु सम्प्रेषण गर्दा आधिकारिक निर्णय भए पश्चात मात्र धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ बमोजिम आधिकारिक रुपमा बोर्डमा जानकारी गराई आधिकारिक व्यक्तिबाट मात्र सार्वजनिक गर्ने व्यवस्था गर्न बोर्डले निर्देशन दिएको छ। 


'सूचनाहरु संचालक बोर्ड तथा साधारण सभा/विशेष साधारण सभाबाट आधिकारिक निर्णय हुनु अगावै सम्बन्धित कम्पनीका अध्यक्ष/संचालक तथा प्रमुख कार्यकारी अधिकृत सहितका उच्च स्तरका पदाधिकारीहरुबाट विभिन्न संचार माध्यमहरु मार्फत समय समयमा अन्तवार्ता तथा निजहरुका व्यक्त विचार भनी सम्प्रेषण हुने गरेको समाचारहरुको सम्बन्धमा बोर्डको ध्यानाकर्षण भएको छ ।, बिज्ञप्तिमा उल्लेख छ। 


बोर्डद्वारा जारि यस निर्देशनको पालना नगरिएको अवस्थामा सम्बन्धित कम्पनीको धितोपत्रको कारोवार रोक्का गर्ने लगायतका कारबाही गरिने बोर्डले स्पष्ट पारेको छ। दोस्रो बजारमा सुचिकृत कम्पनीहरुलाई सुशासन/स्वशासन कायम गर्ने तर्फ सजग गराईएको बोर्डले जनाएको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved