सिद्दार्थ डेभलपमेन्टको ६० प्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 09, 2017 | 08:01:56 AM मा प्रकाशित

laxmi  sunrise bank

सिद्दार्थ डेभलपमेन्ट बैंकले १० बराबर ६ अर्थात ६० प्रतिशतका दरले हकप्रद निष्काशन तथा बिक्रि गरिरहेको छ। बैशाख ७ देखि बिक्रि खुला गरिएको सिद्दार्थको हकप्रद जेठ १० सम्म भर्न सकिने बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले जनाएको छ। 

६० प्रतिशत हकप्रदका लागि बैंकले गत फागुन १९ का लागि बुक क्लोज गर्ने निर्णय गरेकाले गत फागुन १८ सम्म कायमसेयरधनीहरुले हकप्रद भर्न पाउने छन। बैंकले प्रति कित्ता १ सय रुपैयाँका दरले ८५ करोड १५ लाख रुपैयाँ बराबरको ८५ लाख १५ हजार ५ दशमलब ६० कित्ता हकप्रद निष्काशन तथा बिक्रि खुला गरेको हो। 

गत फागुन १८ सम्म कायम सेयरधनीहरुले बैशाख ७ देखि जेठ १० सम्म बिक्रि प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ, सेन्ट्रल प्लाजा, नक्साल, काठमान्डू र सिद्दार्थ डेभलपमेन्ट बैंकको सम्पूर्ण शाखा कार्यालयबाट आबेदन फारम प्राप्त गरि हकप्रद भर्न सक्नेछन। 

६० प्रतिशत हकप्रद बिक्रि तथा बितरण पश्चात बैंकको चुक्ता पुंजी २ अर्ब २७ करोड पुग्ने छ। हाल बैंकको चुक्ता पुंजी १ अर्ब ४१ करोड रहेको छ। बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा १८ करोड ६८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। हाल सिद्दार्थ डेभलपमेन्ट बैंक जनता बैंकसंग गाभिने प्रक्रियामा रहेको छ।    


 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved