उपप्रधानमन्त्री कै पार्टी फुट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2024 | 05:27:38 PM मा प्रकाशित

laxmi  sunrise bank

उपेन्द्र यादव अध्यक्ष रहेको जनता समाजवादी पार्टी फुटेको छ । पार्टीका नेता अशोक राई नेतृत्वको समूहले नयाँ पार्टी गठनको लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

आयोगमा निवेदन दिनेमा अशोक राइ, वीरेन्द्र महतो , प्रदीप यादव, नवलकिशोर साह सुडी , सुशीला श्रेष्ठ, हसिना खानुत, रञ्जु ठाकुर लगायत रहेको बताईएको छ । 

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसँग संघीय संसदमा १२ सांसद छन् । जस मध्ये ७ सांसदले दल विभाजनका लागि निवेदन दिएको बताईएको छ । राजनीतिक दलसम्बन्धी ऐनमा केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने व्यवस्था छ ।

जसपा अध्यक्ष यादव अहिले अमेरिकामा छन् । उनी हाल उपप्रधान तथा स्वास्थ्य मन्त्री छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved