नारायणी डेभलपमेन्ट बैंकको अध्यक्षमा मलेकु चयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2024 | 04:46:31 PM मा प्रकाशित

laxmi  sunrise bank

 नारायणी डेभलपमेन्ट बैंकको अध्यक्षमा चन्द्रमान मलेकु चयन भएका छन् । कम्पनीको गत वैशाख २१ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक समिति रहेका मलेकुलाई  अध्यक्षमा चयन गरेको हो । 

कम्पनीको वैशाख १८ गते सम्पन्न साधारण सभाले संस्थापक शेयरधनीमा तानसेन न.पा. १, पाल्पाका चन्द्रमान मलेकु र सिरान्चोक ८, गोरखाका टेकनाथ ढकाललाई निर्बिरोध निर्वाचित गरेको थियो । साथै  सर्बसाधारण शेयरधनीको समूहबाट  तारकेश्वर - ३, नुवाकोटका गणेशमान प्रधान र बोर्लाङ - ८ गोरखाका पुकार थापालाई निर्बिरोध निर्वाचित गरेको थियो।

साधारणसभा सम्पन्न भएपछि बसेको बैंकको संचालक समितिको बैठकले मलेकुलाई  अध्यक्षमा चयन गरेको हो । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved