विश्व कमोडिटिज बजारमा मकैको भाउ बढेर उच्च स्तरमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2024 | 04:16:54 PM मा प्रकाशित

laxmi  sunrise bank

 विश्व कमोडिटिज बजारमा मकैको भाउ बढेर तीन महिनायताकै उच्च स्तरमा पुगेको छ । सिकागो बोर्ड अफ ट्रेड (सीबीओटी) मा  यूएस कर्न फयूचर प्रतिबसेल ४ डलर ६० सेन्टमा पुगेको छ । कर्न फ्युचर्स ४ डलर ६८ सेन्टसम्म पुगेको छ । यो जनवरी २६ यताकै उच्च हो ।

सीबीओटीमा शुक्रबार नै सोयाबिन फयूचरको भाउ पनि ०.१६  सेन्टले बढेर प्रतिबसेल १२ डलर १५ सेन्टमा पुगेको छ । गहुँको भाउ पनि बढेको छ । सीबीओटीमा ह्विट फयूचर्सको भाउ पनि ०.१८ सेन्टले बढेर प्रतिबसेल ६ डलर २२ सेन्टमा पुगेको थियो ।  

विश्वको सबैभन्दा ठूलो गहुँ आपूर्तिकर्ता रूसमा सुक्खा मौसम कायमै रहने चिन्ताका कारण गहुँको मूल्य एक हप्तामै नयाँ उचाईमा पुगेको छ। 

उता ब्राजिलस्थित चर्चित राज्य रियो ग्रान्डे दू सुलमा बाँध भत्किएर आएको बाढीका कारण मकै र भट्मास नष्ट भएपछि कमोडिटिज बजारमा यी दुबैको भाउ बढेको हो । रियो ग्रान्डे दू सुल ब्राजिलको दोस्रो ठूलो भटमास उत्पादक र छैटौं ठूलो मकै उत्पादक राज्य पनि हो ।

मकैमा लागेको रोग र प्रतिकूल मौसमका कारण यस वर्ष अर्जेन्टिनाको मकै उत्पादन ३० लाख मेट्रिक टनले घटेर ४ करोड ४५ लाख मेट्रिक टनमा आउने अनुमान छ । अर्जेन्टिनामा श्रमिकहरूको जारी हडतालका कारण पनि भाउ प्रभावित हुन सक्ने आकलन गरिएको छ । 

अन्तरराष्ट्रिय अन्नबाली काउन्सिल(आईजीसी) ले बिहीबार नै सन् २०२४। २५को शुरुवाती सिजनमा कीर्तिमानी स्तरमा मकैको मूल्य विश्वव्यापी रुपमा बढ्ने पूर्वानुमान गरेको छ। एजेन्सी


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved