नबिल बैंकको २६८ औं शाखा दुल्लूमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2024 | 04:59:02 PM मा प्रकाशित

laxmi  sunrise bank

 नबिल बैंकले दैलेखको दुल्लूमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । कम्पनीले आफ्नो २६८ औं शाखाको रूपमा उक्त जिल्लाको दुल्लू नगरपालिकामा शाखा विस्तार गरेको हो । 

शाखा विस्तारसँगै कम्पनीले दुल्लू नगरपालिकामा पहिलो निजी क्षेत्रको बैंकका रुपमा सेवा दिन सफल भएको  बताएको छ । शुक्रबार आयोजित उक्त कार्यक्रममा दुल्लू नगरपालिका प्रमुख भरतप्रसाद रिजाल, नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मनोज ज्ञवाली, स्थानीय जनप्रतिनिधिहरु, स्थानीय उद्यमी व्यवसायी तथा सरोकारवालाहरूको उपस्थिति थियो ।

सो अवसरमा दुल्लू नगरपालिकाका प्रमुख रिजालले नबिल बैंकको शाखा सञ्चालनमा आएसँगै स्थानीयलाई वित्तीय सेवा लिन सहयोग पुग्ने बताए । यसैगरी, कम्पनीका डेपुटी सीईओ ज्ञवालीले ऐतिहासिक महत्व बोकेको दुल्लू क्षेत्रमा नयाँ शाखा सञ्चालमा ल्याउन पाउँदा खुसी व्यक्त गर्दै बैंकले डिजिटल सेवाका साथै सम्पूर्ण सुविधा प्रदान गर्न प्रतिबद्ध गर्ने बताए ।

कम्पनीले देशभर २६८ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१३ एटीएम मेसिनबाट सेवा प्रदान गर्दे आएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved